Sidha Patra बिहिबार, कार्तिक १०, २०७९

दाङ । नयाँ पाइला पुर्नस्थापना केन्द्र (सुधार गृह) दाङमा लागूपदार्थ दुर्ब्यशन उपचारार्थीहरुलाई शुभ दिपावलीको पावन अवसरमा दिदी-बहिनीको हातबाट टीका लगाउने कार्यक्रम सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी हाडिमेमा रहेको केन्द्रले आज भाइटीकाको अवसरमा उक्त केन्द्रमा उपचारार्थीहरुका लागि भाइ टीका लगाउने व्यवस्थापन मिलाइएको हो । सो केन्द्रका कार्यकारी प्रमुख सुरेश भुसालले उपचारार्थीहरुलाई केन्द्रको सुधार गृह भित्र भाइ टीकाको व्यवस्थापन मिलाइदिएको जानकारी दिनु भयो ।

त्यस्तै केन्द्रमा हाल ३७ जना उपचारार्थी रहेका छन् । उपचारार्थीहरुलाई नरमाइलो अनुभूति नहोस् भन्ने सोचका साथ केन्द्रमै भाइटीकाका लागि सम्पूर्ण व्यवस्था केन्द्रले गरेको प्रमुख भुसालले जानकारी दिनु भयो । केन्द्रमा रहेका दाजु-भाइ,दिदी बहिनीहरुले भाइ टीका,सेल रोटी,मिठाइ प्रदान गरेका थिए । केन्द्रले बडा दशै,भाइ टीका,नयाँ वर्षका अवसरमा उपचारार्थीहरुलाई टीका,मनोरञ्जनका कार्यक्रम गर्दै आएको छ । केन्द्रले हालसम्म एक हजार बढीलाई समाजमा उपचारपछि पुर्नस्थापना गरेको केन्द्रका प्रमुख भुसालले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]