
Ssb
Bsn
Ksb
Rsb
Rks
Ksb
Csb
Ksb
Ssb
Fmb
jsb
Usb
Gsb
Nsb
Ppu
Tgp

Ssb
Tsb
Hl1
Usb
Gsb

ptl
Nps
Rgu
दाङ । दाङ राप्ती गाउँपालिका वडा ९ देवीकोटमा रहेको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षीदेवी मन्दिरको संरचना पहिराेकाे उच्च जाेखिममा रहेको छ।
गत महिना परेको अविरल वर्षतका कारण मन्दिरको प्रङ्गण नजिकैबाट पहिरो जादा जाेखिममा परेकाे हाे। पहिराले मन्दिर संरक्षणका लागि निर्माण गरिएकाे पूर्व तर्फकाे केही मिटर पर्खाल समेत बगाएको छ।किम्बदन्ती अनुसार देवीकोटमा सत्यदेवीको बायाँ घुँडो पतन भएको हुँदा त्यहाँ भद्राक्षीदेवी उत्पत्ती भएको भन्ने जनविश्वास रहिआएको छ ।
यसैबिच साे मन्दिरको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली लगायको टिमले स्थलगत अवलोकन गर्नु भएकाे छ। अवलोकन पश्चात् अध्यक्ष विष्टले पहिरो राेकथाम र मन्दिर संरक्षणका लागि पालिकाले सहयाेग गर्ने बताउनु भएको छ।
त्यस्तै उहाँले धार्मिक आस्थासंगै यहाँबाट सजिलै उत्तरतर्फका शृंखलाका,महाभारत शृंखलाका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भू–भाग तथा भारतकाे सिमाना समेत अवलोकन गर्न सकिने भएकाले समग्र रुपमा यस क्षेत्रकाे विकास गरी प्रचारप्रसार गर्न सके पर्यटककाे आक्रर्षणकाे केन्द्र बनाउन सकिने बताउनु भयाे।
