
Pbu
Unsku
cjs
Gfs
Srbpu
pku
Djs
Ggp
Sgr
Rgp1
Rgp
Pes
Lnp
sbs

Bbbpu
Rgs
Ksm
Sls
Ssm
Asm
Rsb
Sbs
Bbu
Gst
Pvg
nsb
Tsm
Hal
Wsp
Rgu
Vor
Rgu
Ggd

Bml
Mks
Gsb
bbt
Rpp
Jmb
sab
Syp
Abd
Ptm
Pls
Jmb
Rmb
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले राष्ट्र बैंकले व्याज बृद्धि गरेकोे विरोधमा आन्दोलन गर्ने भएको छ । संघको आज बसेको कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले कार्तिक १६ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने निर्णय गरेको संघका अध्यक्ष टंक सिंह बुढाथोकीले जानकारी दिनु भयो । राष्ट्र बैंकले ब्याज वृद्धि गरेपछि उद्योगी तथा व्यावसायीहरु मारमा परेको भन्दै संघले आन्दोलन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
सरकारले उद्योगीलाई सहयोग गर्नु पर्ने अवस्थामा बैंकको ब्याज बृद्धि गर्दा यसले थप पिडा दिएको अध्यक्ष बुढाथोकीले बताउनु भयो । विभिन्न समस्याका भोग्दै आएका उद्योगी तथा व्यावसायीहरुलाई बैंकले व्याज बृद्धि गर्दा पलायन भइ रहेकोे संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनु भएको छ ।
यस्तै अवस्था रहे थप पलायन हुने उहाँको भनाइ रहेको छ । बैठक संघका अध्यक्ष टंक सिंह बुढाथोकीको अध्यक्षतामा भएको थियो ।
