
Bsn
Rsb
Tgp
Ssb
Nsb
Csb
Ssb
Rks
Ksb
Fmb
Ppu
Ksb
Ksb
jsb
Usb
Gsb

Gsb
Ssb
Hl1
Tsb
Usb

ptl
Rgu
Nps
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघको आयोजनामा बुधवार देउखुरीको गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा गरि कुल १ हजार १ सय जनालाई निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको छ ।
माडवारी समाज नेपाल र बुटवल उद्योग बाणिज्य संघको समन्वय र सहकार्यमा पहिलो चरणमा यो औषधि वितरण गरिएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले जानकारी दिनुभयो । अब दोश्रो चरणमा आम नागरिकहरुलाई यो औषधि वितरणको प्रयास गरिने संघका अध्यक्ष आचार्यले बताउनु भयो । बिहान खालिपेट दैनिक ३ दिन लगातार एक एक गोली खाने र त्यसछि ३ हप्ता सम्म हप्तामा एक गोलि खाने गरि यो आर्युबेद औषधी वितरण गरिएको र यसले मानव शरिरमा रोगसंग लढ्ने प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण कार्यक्रममा जानकारी गराइएको थियो ।
