
Ksbus
Rgp
Ggp
Sdc
Ksbus
Lnp
Ggp
Msbus
Asbus


काठमाडौं । शंखमुलको भ्याली होस्टलमा युवक हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । दाङ घर भएका २२ वर्षीय वसन्त कालाथोकीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार आज सार्वजनिक गरेको हो ।
त्यस्तै,५ भदौको बिहान १० बजेतिर कालाथोकी माथि चक्कु प्रहार भएको थियो । उपचारका लागि सिभिल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । कालाथोकी हत्या प्रकरणमा प्रहरीले बाराको कलैया–३ का १९ वर्षीय शेखर यादव १९ वर्षकै प्रमित पटेललाई पक्राउ गरेको थियो । उनीहरु पनि उक्त होस्टलमा बस्ने व्यक्ति हुन् ।
त्यसैगरी होस्टल सञ्चालक २३ वर्षीय आलोक ठाकुरलाई पनि पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले बताए । पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।अनलाइनखबर
