
Msbus
Ksbus
Sdc
Ggp
Ksbus
Asbus
Lnp
Rgp
Ggp


रुकुम पश्चिम । रुकुम पश्चिममा आइतबार आज बिहान गाडीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका –४ बलेटक्चाकाकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञावलीको उपचारका क्रममा रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक झबेन्द्र परियारले बताए ।
जिल्लाको सानीभेरी गाउँपालिका – ८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा क.प्र.०२००१ ख १०७० नम्बरको यात्रुबाहक गाडीमा आमा-छोरी सवार थिए । आमा-छोरी रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट सुर्खेत हुँदै आज बिहान ८ बजे गुल्मी जाँदै थिए । त्यही बीचमा छोरी शान्दिकाले शौच गर्ने बताएपछि आमा स्वस्तिकाले गाडी रोक्न भनेकी थिइन् ।
त्यसपछि सिम्लीबाट चौरजहारी तर्फ जाँदै गरेको भे. १ ज . १४८२ नम्बरको गाडीले आमा-छोरीलाई ठक्कर दिएको थियो । घटनाबारे खबर पाउनासाथ प्रहरी चौकी सिम्लीबाट प्रहरी नायब निरीक्षक धर्मबहादुर खड्काको कमाण्डमा ४ जनाको टोली घटनास्थल पुगेर गम्भीर अवस्थाका आमा-छोरीलाई उद्धार गरी सानीभेरी गाउँपालिकाको एम्बुलेन्सबाट जिल्ला अस्पताल सल्ले पुर्याएको थियो ।
त्यस्तै,सल्ले अस्पतालमा चेकजाँच पछि साढे ९ बजेतिर आमा-छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका– ३ चौखेका २२ वर्षीय अम्मर विक प्रहरीको नियन्त्रणमा छन् ।
जिल्ला प्रहरी प्रवक्ता परियारका अनुसार मृतक स्वस्तिका पौडेल रुकुम पश्चिमको सदुरमुकाम मुसिकोट खलंगास्थित सनराइज बैंकमा कार्यरत श्रीमान घनश्याम ज्ञावलीलाई भेट्न छोरीसहित त्यहाँ पुगेकी थिइन् । बिहान गुल्मीस्थित घर जानका लागि हिडेका आमा छोरी घर पुग्न नपाइ बाटोमै बितेका हुन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
