
Gfs
sbs
Unsku
cjs
Pes
Lnp
Pbu
Sgr
Djs
Rgp1
pku
Rgp
Srbpu
Ggp

Ksm
Asm
Tsm
Sls
Sbs
Rgu
nsb
Rgu
Gst
Ssm
Bbbpu
Rgs
Wsp
Pvg
Hal
Bbu
Vor
Rsb
Ggd

Ptm
Mks
Abd
Jmb
Gsb
Syp
Rpp
Rmb
sab
Jmb
Pls
bbt
Bml
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्ठि गरेको हो। मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि जानकारी दिएका छन् ।
उनीहरु दुईमध्ये आरटीपिसीआर प्रविधिबाट परीक्षण गर्दा रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी भारत हुँदै नेपाल आएका हुन् । तर उनलाई नेपालगञ्जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।
कोरोना संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
