
Ggp
Ksbus
Lnp
Ksbus
Sdc
Asbus
Ggp
Rgp
Msbus


दाङ। देउखुरीको राप्ती गाउँपालिकाले मुस्लिम समुदायका छात्रालाई लक्षित गर्दै एमबीबीएस छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अन्तर्गत “मुस्लिम छात्रा चिकित्सा शिक्षा (एमबीबीएस) छात्रवृत्ति” कार्यक्रम अन्तर्गत बुधबार सूचना प्रकाशित गरि आवेदन आव्हान गरेको हो ।
मुस्लिम समुदायका छात्राहरुको चिकित्सा शिक्षामा पहुँच अभिवृद्धि गर्ने तथा उच्च शिक्षातर्फ प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।
सूचनाअनुसार राप्ती गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने मुस्लिम समुदायका छात्रा मान्यता प्राप्त शिक्षण संस्थामा एमबीबीएस तहमा भर्ना भएका वा भर्नाका लागि छनोट भएका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।
गाउँपालिकाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन आग्रह गरेको छ । आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, स्थायी बसोबास खुल्ने सिफारिस, मुस्लिम समुदायको प्रमाणित सिफारिस, मेडिकल एजुकेशन कमिसन (MEC) को प्रवेश परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र,शिक्षण संस्थामा भर्ना भएको कागजात,शैक्षिक प्रमाणपत्र तथा पासपोर्ट साइज फोटो आवश्यक पर्ने जनाइएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकद्वारा हस्ताक्षरित सूचनामा योग्य तथा इच्छुक उम्मेदवारलाई समयमै आवेदन दिन अनुरोध गरिएको छ ।
