
dsbus
syysr
Nssbus7
Rbs
gms
Ddhbs
Gsl
Csbus
Bksbus5
Pbu
Gsbus
Syees
Jsbus
Ssbus
Amb
Ratbs

Rsb
Tsm
nsb
Sbs
Asm
Ggd
Ksm
Bbbpu
Sls
Bbu
Wsp
Gst
Pvg
Rgu
Ssm
Rgs
Rgu
Vor
Hal

Jmb
bbt
Mks
Abd
Rmb
Gsb
Bml
Rpp
Jmb
Ptm
sab
Pls
Syp
दाङ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगसम्बन्धी उपचार सेवा औपचारिक रूपमा सुरु गरिएको छ। प्रतिष्ठानले जिल्लामा पहिलोपटक कोरोनरी एन्जियोग्राफी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
यस सेवाको नेतृत्व फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेति ले गरेका छन्। उनका अनुसार प्रतिष्ठानमा इन्टरभेन्सनल कार्डियोलोजी सेवा सुरु गर्न सफल भएको र यसको सुरुवात कोरोनरी एन्जियोग्राफी तथा आकस्मिक पेरिकार्डियोसेन्टेसिसबाट गरिएको हो।
डा. उप्रेतिले मुटुको रक्तनलीको अवस्थाबारे जानकारी लिन कोरोनरी एन्जियोग्राफी अत्यन्त महत्वपूर्ण हुने बताए। “यसबाट मुटुको रक्तनलीमा समस्या छ कि छैन भन्ने पत्ता लगाउन सहयोग मिल्ने,” उनले बताए।
उनका अनुसार आवश्यक थप उपकरण उपलब्ध भएमा हर्ट अट्याक भएका बिरामीको एन्जियोप्लास्टी सेवा पनि यहीँबाट प्रदान गर्न सकिनेछ। प्रतिष्ठानमा क्याथेल्याब मेसिन आइसकेकाले मुटु रोग उपचार अझ सहज हुने विश्वास गरिएको छ।
यससँगै मुटुको इको सेवा पनि हाल सञ्चालनमा रहेको प्रतिष्ठानले जनाएको छ।
