
Sgp
ksb
Ggp
Pbu
Rgp
Rgp
Ggp
Rgp
Usb
Lnp
Rgp
Asb
Dus
Jns
lnp
Dbs
Lks


काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि ५ दिन म्याद थप्ने तयारी गरेको छ । आयोगले यसअघि कात्तिक मसान्तसम्ममा नामावलीमा नाम दर्ताको लागि म्याद तोकेको थियो ।
त्यस्तै नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले म्याद थप गर्न लागेको आयोग स्रोतको भनाइ छ। यसअघि आजै प्रधानमन्त्री सुशीला कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी म्याद थपका लागि आग्रह गरेकी थिइन्।
मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी केही दिन म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह थियो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यसबारे आयोग सकारात्मक रहेको जवाफ दिएका थिए ।
राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ । केही राजनीतिक दलले समेत मतदाता नामावलीमा नाम दर्ताको समय बढाउन आग्रह गरेका छन् ।
यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् । त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिएका छन् । यसअघि आयोगले मतदाता नामावली संकलनका लागि नयाँ नाम दर्ता गर्न कात्तिक ३० गतेसम्मको म्याद तोकेको थियो ।
