
Rsb
Ksb
Tgp
Gsb
Csb
Bsn
Usb
Ksb
Nsb
Rks
Ppu
Ssb
Ksb
Ssb

Hl1
Usb
Tsb
Ssb
Gsb

Nps
Rgu
ptl
काठमाण्डौँ । जेनजी मुभमेन्ट अलायन्स,काउन्सिल अफ जेनजी र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत जेनजी आन्दोलनको प्रस्तावित सम्झौतापत्र बुझाएका छन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर जेनजी समूहहरुले बुझाएको सम्झौतापत्रको मस्यौदामा कुशासन, भ्रष्टाचार,दण्डहीनता र सार्वजनिक संस्थानमा व्याप्त अव्यवस्थाका कारण जेनजी विद्रोह भएको उल्लेख गर्दै आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने उल्लेख छ ।
त्यस्तै सम्झौतापत्रमा जनआन्दोलनमार्फत उठाइएका मागहरुको व्यवस्थापन गर्दै उत्तरदायी,पारदर्शी र जनमुखी शासन व्यस्थित रुपमा स्थापना गर्न सरकार तयार हुनुपर्ने र त्यसका लागि आवश्यक वातावरण बनाउन सबै राजनीतिक दल तथा राज्य संयन्त्रले सहकार्य गर्नुपर्ने उल्लेख छ ।प्रस्तावित सम्झौतापत्रमा सामाजिक,आर्थिक,राजनीतिक तथा प्रशासनिक सुधारका विभिन्न रोडम्याप समेत समावेश गरिएका छन् ।
