
Gsbg-3
Csbg-7
Usbl-7
Jsbr-3
Rksr-7
ksbl-7
Pbu
Gsbr-6
Jsbg-7
Msbg-2
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक गरेको छ । गुण्डा नाईके ‘सन्ते’ सहित २ जनालाई सुर्खेतको बिरेन्द्रनगर नगरपालिका २ कालागाउँ भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका २० थपुवा बस्ने १७ […]
दाङ । मिति २०७८ भदौ २ को राप्ती पहिचान डटकम अनलाईनले रमा बुढामगरको बाइलाइनमा प्रकाशन गरेको गढवा गाउँपालिकामा बिकास खर्च भन्दा झण्डै १४ करोड बढी रकम सेवा सुविधामा खर्च शिर्षकको समाचार प्रति गढवा गाउँपालिकाको गंभिर ध्यानाकर्षण भएको बताइएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बुधवार एक बिज्ञप्ती जारी गरि उक्त समाचारको खण्डन गर्नु भएको छ […]
दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कम्युनिस्टले मतको उच्च सम्मान गर्न नसकेका कारण काँग्रेसको नेतृत्वमा सरकार बनेको बताएका छन । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले मङ्गलबार लमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । गरिब जनता र निमुखाको पक्षमा काँग्रेस स्पष्ट रहेको बताउँदै चौधरीले वास्तविक भुमिहिन […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा ४ कोठेको कच्ची घर भत्किदा पाँच लाख बराबरको क्षति भएको छ । रिहार निवासी राजु प्रधानको घर दुबैतिरबाट पक्की घर भएको,वर्षायाममा आकासबाट परेको पानीको निकास नहुँदा र बलेन्द्रीको पानी सबै घरको जगमा पस्न गएका कारण घर कम्जोर भै भत्किएको इलाका प्रहरी कार्यालय अमिलियाले जानाएको छ । […]
दाङ । घोराही चमै,कटुवा सत्गैया कुलो जल उपभोक्ता तथा सरसफाइ समितिको सम्पर्क कार्यालय भवन निर्माण स्थल’ राता अक्षरले लेखिएको बोर्ड घोराही–१४ मा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम तिर टाँगिएको छ । जहाँ कुलो बग्ने भएकाले बजारसँग भवनले जोडेको छैन । उक्त निर्माणस्थलमा एक दुईवटा टिनका पाताले बार लगाइएको छ । प्रतिष्ठानको पर्खाल र पश्चिमतिरका […]
दाङ । रोल्पा सुनछ्हरी गाउँपालिका वडा नम्बर ३ गाम पाङ्बाङ्का ४० वर्षे कुमानसिङ गाउँको चिनिने नाम( असारे) घर्ती मगर अहिले आर्थिक अबस्था कमजोरिका कारण उपचार नपाएर रोगसंग लडिरहेका छन् । कुमानसिङ सामान्य किसानी मजदुरी गरेर खाने गौरे घर्ती मगरका जेठो छोरा हुन् । कुमानसिङले आफ्ना छोरा,छोरी भबिस्यको लागि ज्यालामजदुरी गरेर लमहीमा घर भाडामा परिवार लिएर […]
बाँके । कोहलपुरमा ८२ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कोहलपुर–११ एकतानगर निवासी ८२ वर्षीया साउनी कार्कीको हत्या गर्ने व्यक्ति पक्राउ गरेका हुन् । सोमबार इलाका प्रहरी कार्यालय कोहलपुरले कार्कीको हत्या गरेको आरोपमा कोहलपुर–१२ चप्परगौडीस्थित रामजानकी टोल बस्ने ३४ वर्षीय चाइनिज भनिने सन्तोष कुमार थापालाई पक्राउ गरि सार्वनजनिक गरेको हो […]
भदौ ७/काठमाडौं । रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेर पक्राउ गरिएको पुष्टि भएको छ । क्लोज सर्किट (सीसी) क्यामरामा लागूऔषध राखिदिँदै गरेको देखिने भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले अनुसन्धान थालेको थियो । त्यसक्रममा घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर लागूऔषध राखिदिएको पुष्टि भएको […]
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीको कमान्डमा छड्के चेकजाँच भएको छ । जिल्ला भित्रै सार्वजनिक सवारी साधन तथा निजि सवारी साधनहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चेकजाँच गर्ने क्रममा अटो ई-रिक्सा कागजपत्र साथमा नबोकेका लाइसेन्स नभएका १८ वर्ष उमेर नपुगेका ब्यक्तिहरुले चलाएको ७० वटा अटो ई-रिक्साहरुलाई नियन्त्रणमा लिई […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टीतेल सहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । त्यस्तै डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल […]