
Rgp1
Djs
Pbu
Gfs
Lnp
Ggp
cjs
Srbpu
Sgr
Rgp
pku
Unsku
Pes
sbs

Pvg
Bbbpu
Sls
Wsp
Ggd
nsb
Tsm
Asm
Rsb
Sbs
Vor
Gst
Bbu
Ssm
Rgu
Ksm
Rgs
Hal
Rgu

Rmb
Pls
Jmb
Ptm
bbt
Rpp
Gsb
sab
Jmb
Abd
Syp
Mks
Bml
दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कम्युनिस्टले मतको उच्च सम्मान गर्न नसकेका कारण काँग्रेसको नेतृत्वमा सरकार बनेको बताएका छन ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले मङ्गलबार लमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । गरिब जनता र निमुखाको पक्षमा काँग्रेस स्पष्ट रहेको बताउँदै चौधरीले वास्तविक भुमिहिन सुकुम्बासी हरुलाई जमिन दिलाउने गरि आयोग बन्ने बिश्वास दिलाए । सरकार बदलिए सँगै आयोगमा रहनेहरुले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने भएपनि राजिनामा नआएका कारण आयोग नै खारेज गर्नुपरेको स्पष्ट पारे । आयोग खारेजी सँगै बिपक्षीले लगाएको बिभिन्न आरोप प्रत्यारोपमा बिश्वास गर्न नहुने बताउँदै चौधरीले वास्तविक भुमिहिनले जमिन पाउने गरि आयोग निर्माण गर्ने सरकारको तयारी रहेको बिश्वास दिलाए ।
त्यस्तै उनले नेपाली काँग्रेस अन्य पार्टी जस्तो बोलेर भन्दापनि काम गरेर देखाउने पार्टी भएको बताए । ‘काँग्रेस बोल्नु भन्दा काम गर्छ, त्यसैले नेतृत्व आएको छ चौधरीले भने-अन्य पार्टीले काम गर्न सक्दैनन्, अन्तिममा चाहिने काँग्रेस हो ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले लोकतन्त्रलाई सँस्थागत गर्न सबै लाग्नुपर्ने बताउँदै महाधिबेशनमा त्यरो मेरो भन्दापनि हाम्रो भनेर सफल बनाउन सबैलाई सुझाए ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डेयको शभापतित्व तथा केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्य एबम् संविधान सभा सदस्य शुशिला चौधरी र जिल्ला उप सभापती हिरालाल चौधरीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा महासमिति सदस्यहरु जानकिलाल बस्नेत, प्रदिपराज शर्मा, अनुराग यादब, कर्ण बहादुर बुढाथोकि, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, जिल्ला सदस्यहरु गोबिन्द रेग्मी, कुमार घिमिरे, पुर्ब महासमिति सदस्य मधु न्यौपाने लगायतका बक्ताले महाधिबेशन सफल बनाउन सबै एकढिक्का भएर लाग्नुपर्ने बताए ।
प्रदेश १ ‘क’ का सभापती तारा डिसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा प्रदेश १ ‘ख’ का सभापती देवानजँग चौधरीले धन्यबाद ज्ञापन गरेका थिए । सोही अबसरमा २६ जना जेष्ठ नागरिक हरुलाई प्रमाणपत्र, दोसल्ला सहित सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण क्षेत्रिय सचिब हरिहर शर्माले गरेका हुन् ।
