
Rksr-7
Gsbr-6
Msbg-2
Jsbg-7
Gsbg-3
ksbl-7
Csbg-7
Usbl-7
Pbu
Jsbr-3
दाङ । गाउँमा कुवा अनि नल्का थिए । त्यहींको पानीले धेरैको प्यास मेटथ्यो । खोला किनारको बस्तीमा मूलको पानी खोज्थे । गाग्री भरेर घरसम्म पुग्नुपथ्र्याे तर यसरी पानी खाँदा झाडा–पखाला अनि हैजाका धेरै घटना हुन्थे । पानीबाट लाग्ने रोगले पीडित हुनुपर्ने अवस्था थियो । अहिले खानेपानीमा प्रगति भएको देखिएको छ । केही बस्ती र ठाउँमा […]
धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । भिमदत्त नगरपालिका वडा नम्बर-१४,को बनकट्टीमा शुक्लाफाँटा राष्टिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार आज बिहान बिष्ट घरभित्र सुतिरहेका बेला हात्तीले कुल्चेर गम्भीर घाइते बनाएको थियो । उनलाई तत्काल उद्धार […]
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो […]
दाङ । नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,तुलसीपुर दाङको आयोजनामा तथा गढवा गाउँपालिकाको समन्वयमा स्ट्रीट फुड व्यवसायमा खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी एक दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम गढवामा सम्पन्न भएको छ । कार्यक्रममा बजार अनुगमनका आधारहरु,खाद्य पदार्थको परिभाषा,गुणस्तर मापदण्ड,अनुगमनका क्रममा हेरिनुपर्ने महत्वपूर्ण सूचकहरु र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको विद्यमान संरचनाबारे सहभागीहरुलाई विस्तृत […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा प्रतिजैविक (एण्टिबायोटिक) प्रतिरोध न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार मसुरियामा सम्पन्न भएको छ। “प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ” भन्ने नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह अन्तर्गत साे कार्यक्रम सम्पन्न भएको हो। स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रतिजैविक प्रतिरोध रोकथामका […]
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार सोमबार साँझसम्म ६४ वटा दलले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन् । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेबाट सुरु भएको हो । यही १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दर्ताको समय छ । ६४ वटा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आइतबारदेखि यस वर्षको धान खरिद प्रक्रिया सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले गाउँपालिकाको समन्वयमा धान खरिद कार्य सुरु गरेको हो। खरिद कार्य शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले किसानले अब सरकारी समर्थन मूल्यअनुसार धान बिक्री गर्न पाउने भएकाले राहत मिल्ने विश्वास व्यक्त गरे […]
दाङ । देउखुरीको लमहीमा रहेको लमही चेम्बर अफ कमर्सको पहिलो बैठक आइतबार आज लमहीमा सम्पन्न भएको छ । सँस्थाको रातोडाडा स्थित कार्यालयमा बसेको बैठकले विभिन्न ब्यक्तिहरुलाई पदमा रहने गरि नियक्ति गरेको छ । लमही चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले दुईजना सल्लाहकार चयन गरेको छ । बिबेक भण्डारी बरिष्ठ सल्लाहकार र बविता खत्रिलाई […]
काठमाडौं । सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका वडा नम्बर–१, का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् । त्यस्तै पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला […]
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ । त्यस्तै राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा.प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्चमा निवेदन पेश गरेका थिए । त्यही निवेदनको सुनुवाइपछि न्यायाधीशहरु हरि फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले लिखित जवाफ […]