
Ggp
Dus
Sgp
Lnp
Rgp
ksb
Pbu
Dbs
Rgp
Lks
Rgp
Asb
Rgp
Usb
Ggp
Jns
lnp


दाङ । नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,तुलसीपुर दाङको आयोजनामा तथा गढवा गाउँपालिकाको समन्वयमा स्ट्रीट फुड व्यवसायमा खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी एक दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम गढवामा सम्पन्न भएको छ ।
कार्यक्रममा बजार अनुगमनका आधारहरु,खाद्य पदार्थको परिभाषा,गुणस्तर मापदण्ड,अनुगमनका क्रममा हेरिनुपर्ने महत्वपूर्ण सूचकहरु र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको विद्यमान संरचनाबारे सहभागीहरुलाई विस्तृत जानकारी प्रदान गरिएको थियो।
खाद्य सुरक्षाका विषयमा कार्यालयका प्रमुख पदम बरालले प्रस्तुतिकरण गर्दै स्ट्रीट फुड बजारलाई स्वच्छ,सुरक्षित र उपभोक्ता–मैत्री बनाउन स्थानीय सरकारी निकाय,व्यवसायी तथा उपभोक्ता सबैको साझा जिम्मेवारी रहेको बताए । उनले भने“खाद्य सुरक्षा केवल कानुनी विषय मात्र होइन,सार्वजनिक स्वास्थ्यको आधार हो । व्यापारीलाई नियमित तालिम,अनुगमन र प्रतिनिधिमूलक सहभागिताको माध्यमबाट सुरक्षित बजार संस्कृति विकास गर्न सकिन्छ।”
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी ‘स्ट्रीट फुड व्यवसायलाई सुरक्षित मोडेल बजारतर्फ लैजाने बताइन्’। प्रमुख अतिथि चौधरीले गढवा गाउँपालिकाले खाद्य सुरक्षा र स्वच्छतामा कडाइका साथ काम गरिरहेको बताए । “गाउँपालिकाले स्वच्छ बजार अभियानलाई प्राथमिकतामा राखेको छ । स्ट्रीट फुड व्यवसायलाई व्यवस्थित र सुरक्षित मोडेल बजारको रुपमा रूपान्तरण गर्न स्थानीय तह निरन्तर सक्रिय रहनेछ।” चौधरीले भने ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले सुरक्षित खाद्य व्यापार नै दिगो बजार व्यवस्थापनको मुख्य आधार भएको भन्दै व्यवसायीलाई स्वच्छता अभिवृद्धिका सबै चरणमा संघले सहकार्य गर्ने प्रतिबद्धता जनाए । व्यवसायीहरुलाई सजग र जिम्मेवार बनेर उपभोक्तालाई गुणस्तरीय सेवा दिन आग्रह समेत गरे ।
कार्यक्रम कार्यालयका प्रमुख पदम बरालको अध्यक्षता र गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष रामबहादुर थापा,स्थानीय उद्योगी,व्यापारी, होटल तथा स्ट्रीट फुड व्यवसायी लगायत दर्जनौँ सहभागी उपस्थित रहेका थिए।
