
Dus
Usb
Ggp
Rgp
Lks
Rgp
Rgp
Lnp
Jns
Pbu
Ggp
Dbs
Sgp
lnp
Rgp
ksb
Asb


दाङ । गाउँमा कुवा अनि नल्का थिए । त्यहींको पानीले धेरैको प्यास मेटथ्यो । खोला किनारको बस्तीमा मूलको पानी खोज्थे । गाग्री भरेर घरसम्म पुग्नुपथ्र्याे तर यसरी पानी खाँदा झाडा–पखाला अनि हैजाका धेरै घटना हुन्थे । पानीबाट लाग्ने रोगले पीडित हुनुपर्ने अवस्था थियो । अहिले खानेपानीमा प्रगति भएको देखिएको छ । केही बस्ती र ठाउँमा पानीको स्रोत नहुँदा समस्या परे पनि धेरै ठाउँमा खानेपानी वितरणका लागि लघु आयोजनाहरु सफल देखिएका छन् ।
लमही नगरपालिका वडा नम्बर–१,कौडियास्थित कौडिया खानेपानी आयोजनाले छ सय घरधुरीमा पानी पुर्याएको छ । जमिनमुनिको पानी डिप बोरिङमार्फत संकलन गरेर वितरण हुँदैआएको छ । सुन्डबरी,बनकट्टा,कौडिया अनि फल्कापुरको केही बस्तीमा यो आयोजनाको पानी पुग्ने गरेको छ । ‘पहिला पानीको दुःख थियो । गर्मी याममा कुवा तथा नल्कामा पानी सुक्ने समस्या थियो तर अहिले यो आयोजनाबाट चौबिसै घण्टा पानी वितरण गर्न सकेका छौं’– कौडिया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष भोजराज भुसालले भन्नुभयो– ‘पानीको शुद्धता परीक्षण गरेर वितरण गर्ने गरेका छौं ।’
त्यस्तै कौडियाको छेउमा फल्कापुर खानेपानी आयोजना छ । यसले कान्तिपुर,वनकट्टी,श्रीगाउँ, फल्कापुरमा पानी वितरण गर्दै आएको छ । अनि अर्काे छिमेकी खानेपानी आयोजना नर्तीमा पनि छ । जसले नर्ती र उत्तरी सुन्डबरीमा पानी वितरण गरेको छ । अर्को केरुनियाँ खानेपानी आयोजना छ । यसबाट बरुवागाउँ,सोनपुर,केरुनियाँलगायतका बस्तीमा पानी वितरण गरेको छ । ‘साना तथा मझौला खानेपानी आयोजनाको ग्रामीण बस्तीमा पानी वितरणमा महत्वपूर्ण योगदान छ’– उपभोक्ता जयप्रकाश पौडेलले भन्नुभयो– ‘पानी वितरणका लागि यी सामुदायिक खानेपानी समितिहरु जिम्मेवार भएर सक्रिय भएका छन् ।’
जिल्लाका नगर तथा ग्रामीण क्षेत्रमा सञ्चालित साना,मझौला र ठूला खानेपानी योजनाले स्थानीय बासिन्दाको दैनिक जीवन सहज बन्दै गएको छ । जिल्लाका धेरै बस्तीमा पाइपमार्फत खानेपानीको आपूर्ति नियमित भएपछि उपभोक्ताले पानीका लागि झन्झट बेहोर्नुपरेको अवस्था घट्दै गएको हो । अझै केही बस्तीमा नयाँ आयोजना सञ्चालन गर्न बाँकी भए पनि हाल सञ्चालनमा रहेका योजनाले ठूलो संख्यामा उपभोक्ता लाभान्वित भएका छन् ।
त्यस्तै खानेपानी तथा सरसफाइ कार्यालय दाङका अनुसार जिल्लाभरि चार सय १० वटा खानेपानी आयोजना सञ्चालनमा छन् । ती योजनाबाट एक लाख दुई हजार दुई सय ५२ घरधुरी उपभोक्ता लाभान्वित भएका छन् । एक लाख तीन सय २९ घरधुरी निजी उपभोक्ता लाभान्वित भएका छन् । सार्वजनिक एक हजार दुई सय ८४ र संस्थागत छ सय ३९ ले खानेपानी योजनाबाट सेवा पाएका छन् । गढवा गाउँपालिकामा मात्रै ३८ वटा आयोजना सञ्चालनमा छन् । यहाँ छ हजार तीन सय पाँच घरधुरीले सेवा लिएका छन् भने ६६ संस्थागत उपभोक्ता रहेका छन् ।
घोराही उपमहानगरपालिकामा ९६ आयोजना सञ्चालनमा छन् र २८ हजार नौ सय १८ घरधुरीले सेवा पाएका छन् । तुलसीपुर उपमहानगरपालिकामा ६० वटा आयोजना सक्रिय छन् । जसबाट २९ हजार सात सय सात घरधुरी लाभान्वित छन् । बंगलाचुली गाउँपालिकामा ६३ वटा आयोजना सञ्चालनमा छन् । यहाँ एक हजार आठ सय ४६ घरधुरीले सेवा पाएका छन् । दंगीशरण गाउँपालिकामा १९ आयोजना छन् । जहाँ चार हजार पाँच सय ५५ घरधुरीले सुविधा पाएका छन् । बबई गाउँपालिकामा सञ्चालन भएको ३७ आयोजनामार्फत ८५ हजार दुई सय ३० घरधुरीले सेवा पाउँदै आएका छन् । राप्ती गाउँपालिकाको १९ आयोजनामार्फत सात हजार तीन सय ६१ घरधुरी उपभोक्ता लाभान्वित छन् ।
लमही नगरपालिकामा २६ आयोजना सञ्चालनमा छन् । जसबाट आठ हजार छ सय ४४ घरधुरीले सेवा पाएका छन् । राजपुर गाउँपालिकामा २७ आयोजना छन् र एक हजार दुई सय १६ घरधुरी लाभान्वित छन् । शान्तिनगर गाउँपालिकामा २५ आयोजना सञ्चालनमा छन् । जसबाट पाँच हजार आठ सय ४७ घरधुरीले सेवा पाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी विकास पाण्डेले जानकारी दिनुभयो । जिल्लाका अधिकांश बस्तीमा खानेपानीको पहुँच पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बढेको देखिन्छ । धेरै बस्तीमा सेवा नियमित र सहज बनेको छ । केही स्थानमा आयोजना विस्तार र नयाँ संरचना निर्माण आवश्यक भए पनि हालका योजनाले जिल्लामा खानेपानी सेवा अभिबृद्धिमा महत्वपूर्ण योगदान गरेका छन् ।नयाँयुगबोध
