वीरगन्जमा प्रहरीद्वारा २२ किलो भन्दा बढी अवैध सुन बरामद

काठमाडौं । पर्सा प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो । प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा […]

चितवनमा-कोरोना सङ्क्रमणका कारण वडा सदस्यको मृत्यु

चितवन । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो । आईसोलेसनमा रहनुभएकोमा उहाँलाई असोज […]

जुम्लामा चाडपर्व नजिकिँदा अखाद्य वस्तुको बिक्री बढ्यो

जुम्ला । जुम्लाको सदरमुकाम खलंगा बजारका व्यापारीले खुलेआम म्याज गुज्रिएका अखाद्य वस्तु बिक्री वितरण गरिरहेका छन् । गाउँबाट आउने अधिकांश उपभोक्ताले म्याद गुज्रिएको बारे ख्याल नगर्ने भएकै कारण व्यापारीहरुले अखाद्य वस्तु बिक्री गरेको पाइएको हो । बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ ओमप्रकाश देवकोटा,तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेको टोलीसहित खलंगामा अनुगमन […]

चीन-अनौठो घटना:चिनमा निको भएको महिनौं दिनपछि आँखामा देखियाे काेराेना

चीनमा । कोरोना भाइरसको अनौठो घटना देखा परेको छ । कोरोना लागेर निको भएकी ६४ वर्षीय महिलाको आँखामा भाइरस देखा परेको हो । चीनमा यो घटना निकै चर्चामा छ । कतिपय अनुसन्धानहरुले पनि आँखामा रातोपना या सुन्निने लक्षण देखिएमा सावधान हुनुपर्ने सुझाव दिएका छन् । लगातार पाँच दिन सुक्खा खोकी र नौ दिनसम्म पखालाका लक्षण […]

काठमाडौं-नेपाल प्रहरीमा ५ हजार जनालाई जागिर खुल्यो

काठमाडौं । नेपाल प्रहरीमा ५ हजार २ सय २७ जनालाई जागिर खुला भएको छ । प्रहरी प्रधान कार्यालयले  प्रहरी जवान पदका लागि शुक्रबार विज्ञापन निकालेर आवेदन माग गरेको हो। कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार नयाँ प्रहरी भर्ना लिन लागिएको प्रहरी कार्यालयले बताएको छ । जसमध्ये खुलातर्फ २ हजार,८ सय,१७ जनालाई कोटा छुट्याइएको छ भने अरू […]

बुटवल-प्रहरी हवल्दार नगद घुस सहित पक्राउ

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुस सहित पक्राउ परेका छन् । धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग लिएको चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले रुपन्देहीको सियारी गाउँपालिका वडा नं ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको […]

अर्घाखाँची-शितगंगा न.पामा उत्पादनका आधारमा अनुदान वितरण

अर्घाखाँची । जिल्ला अर्घाखाँची शितगंगा नगरपालीकाले उत्पादनका आधारमा अनुदान वितरण गर्न थालेको छ । गत आर्थिक बर्ष ०७६÷७७ मा नगरपालीका भित्र उत्पादन गरी सहकारी मार्फत बजारीकरण गरेका खसि बोका,लोकल कुखुरा तथा तरकारीको कृषकहरुलाई अनुदान वितरण गरीएको हो । नगरपालीकामा रहेका नौ वटा कृषि सहकारी मार्फत बजारीकण गरेका किसानलाइ खसिबोका तथा लोकल कुखुरामा प्रति केजी रु […]

सल्यानमा दाउरा प्रहार गरी भाइले गरे दाईको हत्या

दाङ । सल्यानमा दाउरा प्रहार गरी एक जनाको हत्या भएको छ । बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरमा २० बर्षिय देवीलाल पुनले २४ बर्षिया अमर पुनको हत्या गरेका हुन् । उनिहरु दुईबिचको नाता दाईभाईको हो । भाइले दाईको हत्या गरेको वडाअध्यक्ष मानसिंह पुरीले जानकारी दिनुभयो । मदिरा सेवन गरेर झगडा हुदाँ दाउराले हिर्काएर भाइले […]

दाङ-ईन्टर टि–२० क्रीकेटको उपाधी त्रिसिद्धेश्वरी क्लबले चुम्यो

दाङ । ईन्टर दाङ टि–२० क्रिकेट २०७७ को उपाधि त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले हात पारेको छ । महेन्द्र माविको खेल मैदान तुलसीपुरमा भएको फाईनल खेलमा ज्ञान ज्योती स्पोर्ट्स एकाडेमी तुलसीपुरलाई ८ रनले पछि पार्दै त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लबले उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको प्रतियोगिताका संयोजक […]

अफगानिस्तानमा सेनाको हेलिकप्टर एकआपसमा ठोक्किँदा कम्तिमा ९ को मृत्यु

काठमाडौ । अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ। घाइते सैनिकको उद्धारमा खटिएका दुई हेलिकप्टर दक्षिण प्रान्ट हेल्मन्डमा ठोक्किएका हुन् । मृत्यु हुनेमा केही वायु सेनाका उच्चतहको तालिम प्राप्त अधिकारी रहेका छन् । प्राविधिक कारणले हेलिकप्टर दुर्घटनामा परेका हुन् । स्थानीय समय अनुसार बुधबार बिहान नवा जिल्लामा सो घटना भएको हो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]