
Rg-9
smb
Asm
jmb
Bpb
Ppu
jms
gms
Gsbus
Sys
Ssbus

Ln9
Asm
Dps
Ln7
bml
cks
Ln2
Hl1
Ln3
Ln8
Gsb
Ssb
Gg1
Tsb
Rys
Sbs
Usb
Ln1
bmj
Gg5

Bpb
Jpb
Jab
Sbs
Gg6
Gg3
Rgu
Snk
Gjl
Gg2
Ksb
ptl
Sml
Rss
Nps
Gg4
Sab
दाङ । सल्यानमा दाउरा प्रहार गरी एक जनाको हत्या भएको छ । बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरमा २० बर्षिय देवीलाल पुनले २४ बर्षिया अमर पुनको हत्या गरेका हुन् । उनिहरु दुईबिचको नाता दाईभाईको हो ।
भाइले दाईको हत्या गरेको वडाअध्यक्ष मानसिंह पुरीले जानकारी दिनुभयो । मदिरा सेवन गरेर झगडा हुदाँ दाउराले हिर्काएर भाइले दाइको हत्या गरेको जनाइएको छ ।
बिहीबार साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैँको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अबस्थामा आज शब भेटिएको हो । घटनाका बारेमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी टोली घटना स्थलमा पुगेपछि थप वितरण प्राप्त हुने सल्यान प्रहरी प्रमुख,डिएसपि गोबिन्द थापाले जानकारी दिनु भयो ।
