
Rbs
Mbdvs
mbd
Sds
gst
Gisld
Pbu
Gmk
Ksm
Anm

Rsb
Ksm
Vor
Hal
Sbs
Ggd
Tsm
Bbu
nsb
Rgu
Rgu
Pvg
Bbbpu
Asm
Rgs
Sls
Wsp
Ssm
Gst

Rmb
sab
bbt
Mks
Pls
Gsb
Ptm
Syp
Bml
Jmb
Abd
Jmb
Rpp
दाङ । ईन्टर दाङ टि–२० क्रिकेट २०७७ को उपाधि त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले हात पारेको छ । महेन्द्र माविको खेल मैदान तुलसीपुरमा भएको फाईनल खेलमा ज्ञान ज्योती स्पोर्ट्स एकाडेमी तुलसीपुरलाई ८ रनले पछि पार्दै त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लबले उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको प्रतियोगिताका संयोजक आभाष बुढाथोकीले जानकारी दिनुभयो ।
फाईनलमा पराजित ज्ञान ज्योतीले नगद १० हजार, ट्रफी, मेडल, प्रमाणपत्रमा हात पार्दै उपबिजेतामा चित्त बुझाएको छ । टस जितेर ब्याटिङ रोजेको त्रिसिद्धेश्वरीले १८ दशमलव ५ ओभरमा अलआउट हुदै ७७ रन बनायो । त्रिसिद्धेश्वरीका युबराज ओली र भरत ओलीले समान १७÷१७ रनको योगदान दिनुभयो ।
बलिङतर्फ ज्ञान ज्योतीका प्रकाश श्रेष्ठले सर्वाधिक ४ विकेट लिनुभयो भने कमल ओलीले २ विकेट लिनुभयो । प्रतिउत्तरमा ७८ रनको बिजयी लक्ष्य पाएको ज्ञान ज्योती १५ दशमलव १ ओभरमा ६९ रनमा अलआउट भयो । जसमा प्रबिन अधिकारीले १९ रन बनाउनुभयो ।
बलिङतर्फ शंकर बुढाले सर्वाधिक ४ विकेट लिनुभयो भने स्माईल अन्सारी र सन्दिप डाँगीले समान २÷२, तथा तिलक बौडेल र करण सार्कीले समान १÷१ विकेट लिनुभयो ।प्रतियोगितामा म्यान अफ द फाईनल त्रिसिद्धेश्वरीका शंकर बुढा हुनुभयो । कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेलकुद गतिबिधीलाई चलाएमान बनाउने उदेश्यका साथ आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । खेलहरु लिग कम नकाउटका आधारमा खेलाईएको थियो ।
प्रतियोगितामा अम्पायरको भुमिकामा नवराज केसी, सचिन सुवेदी र स्कोररमा सचिन देवकोटा रहनुभएको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक हेल्पिङ सौलका अध्यक्ष सागर देवकोटाको अध्यक्षता भएको हो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने त्रिसिद्धेश्वरीका शंकर बुढा, वेस्ट ब्याट्सम्यान,त्रिसिद्धेश्वरीकै करण सार्की वेस्ट बलर, बेस्ट फिल्डर त्रिसिद्धेश्वरीका भरत ओली, सिद्धार्थ एकाडेमिका केशव अधिकारी म्यान अफ द सिरिज, बेस्ट सिक्सर दङ्गाली पल्टनका कमल चौधरी र फेयर प्लेय टिम वडा न ७ घोषित भयो ।
समापन समारोहमा प्रतियोगिताका सह–संयोजक राजिव पौडेल धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सहजीकरण हेल्पिङ सौलका आईडिभिसिसी सनम ओलीले गर्नुभएको थियो ।
