लक्ष्मण बस्नेत शुक्रबार, आश्विन ३०, २०७७

दाङ । ईन्टर दाङ टि–२० क्रिकेट २०७७ को उपाधि त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले हात पारेको छ । महेन्द्र माविको खेल मैदान तुलसीपुरमा भएको फाईनल खेलमा ज्ञान ज्योती स्पोर्ट्स एकाडेमी तुलसीपुरलाई ८ रनले पछि पार्दै त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लबले उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको प्रतियोगिताका संयोजक आभाष बुढाथोकीले जानकारी दिनुभयो ।

फाईनलमा पराजित ज्ञान ज्योतीले नगद १० हजार, ट्रफी, मेडल, प्रमाणपत्रमा हात पार्दै उपबिजेतामा चित्त बुझाएको छ । टस जितेर ब्याटिङ रोजेको त्रिसिद्धेश्वरीले १८ दशमलव ५ ओभरमा अलआउट हुदै ७७ रन बनायो । त्रिसिद्धेश्वरीका युबराज ओली र भरत ओलीले समान १७÷१७ रनको योगदान दिनुभयो ।

बलिङतर्फ ज्ञान ज्योतीका प्रकाश श्रेष्ठले सर्वाधिक ४ विकेट लिनुभयो भने कमल ओलीले २ विकेट लिनुभयो । प्रतिउत्तरमा ७८ रनको बिजयी लक्ष्य पाएको ज्ञान ज्योती १५ दशमलव १ ओभरमा ६९ रनमा अलआउट भयो । जसमा प्रबिन अधिकारीले १९ रन बनाउनुभयो ।

बलिङतर्फ शंकर बुढाले सर्वाधिक ४ विकेट लिनुभयो भने स्माईल अन्सारी र सन्दिप डाँगीले समान २÷२, तथा तिलक बौडेल र करण सार्कीले समान १÷१ विकेट लिनुभयो ।प्रतियोगितामा म्यान अफ द फाईनल त्रिसिद्धेश्वरीका शंकर बुढा हुनुभयो । कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेलकुद गतिबिधीलाई चलाएमान बनाउने उदेश्यका साथ आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । खेलहरु लिग कम नकाउटका आधारमा खेलाईएको थियो ।

प्रतियोगितामा अम्पायरको भुमिकामा नवराज केसी, सचिन सुवेदी र स्कोररमा सचिन देवकोटा रहनुभएको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक हेल्पिङ सौलका अध्यक्ष सागर देवकोटाको अध्यक्षता भएको हो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने त्रिसिद्धेश्वरीका शंकर बुढा, वेस्ट ब्याट्सम्यान,त्रिसिद्धेश्वरीकै करण सार्की वेस्ट बलर, बेस्ट फिल्डर त्रिसिद्धेश्वरीका भरत ओली, सिद्धार्थ एकाडेमिका केशव अधिकारी म्यान अफ द सिरिज, बेस्ट सिक्सर दङ्गाली पल्टनका कमल चौधरी र फेयर प्लेय टिम वडा न ७ घोषित भयो ।

समापन समारोहमा प्रतियोगिताका सह–संयोजक राजिव पौडेल धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सहजीकरण हेल्पिङ सौलका आईडिभिसिसी सनम ओलीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]