
Anm
Mbdvs
Gmk
Rbs
Pbu
Gisld
Ksm
mbd
Sds

Gst
Tsm
Ggd
Bbbpu
Pvg
Sbs
Sls
Rgs
Asm
Ksm
Rsb
nsb
Ssm
Rgu
Bbu
Wsp
Vor
Rgu
Hal

Ptm
Mks
Pls
Gsb
bbt
Abd
Rmb
Rpp
Jmb
sab
Syp
Jmb
Bml
चीनमा । कोरोना भाइरसको अनौठो घटना देखा परेको छ । कोरोना लागेर निको भएकी ६४ वर्षीय महिलाको आँखामा भाइरस देखा परेको हो । चीनमा यो घटना निकै चर्चामा छ । कतिपय अनुसन्धानहरुले पनि आँखामा रातोपना या सुन्निने लक्षण देखिएमा सावधान हुनुपर्ने सुझाव दिएका छन् ।
लगातार पाँच दिन सुक्खा खोकी र नौ दिनसम्म पखालाका लक्षण देखिएपछि गत ३१ जनवरीमा ती महिलालाई अस्पताल भर्ना गरिएको थियो । ज्वरोपनि आएकी ती महिलाको छातीको स्क्यान गरेपछि फोक्सोमा संक्रमण देखिएको थियो । पछि उनको नाकको नमूना परीक्षण गर्दा कोरोना देखिएको थियो । तर त्यतिबेला खासै गम्भीर समस्या भने देखिएन । न त उनको आँखामा नै समस्या थियो । १८ र २० फेब्रुअरीका दिन गरिएको जाँचमा उनी कोरोना नेगेटिभ देखिइन । लगत्तै उनलाई डिस्चार्ज गरियो । तर ८ दिनपछि भने उनको दायाँ आँखामा दुखाई शुरु भयो । २८ फेब्रुअरीसम्म उनको आँखा निकै दुख्न थाले । बिस्तारै दृष्टि पनि कमजोर हुँदै गयो ।
असह्य भएपछि ८ मार्चका दिन ती महिलालाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालाम चेकजाँच गर्दा भने उनी ग्लुकोमा अटेकको समस्याबाट पीडित रहेको पत्ता लाग्यो । तर औषधीको जति प्रयोग गरेपनि केही फाइदा नभएपछि उनको आँखाको अप्रेसन गर्नुपरेको थियो । महिलाको आँखाको दुईपटक सर्जरी गर्दा समेत आँखामा लगातार दबाबर र पीडा हुन थालेपछि १० अप्रिलमा फेरी सर्जरी गरियो । सर्जरीको बेला आँखाबाट लिएका तन्तुको नमूनाको जाँच गर्दा त्यसमा कोरोनाभाइरस प्रोटिन भेटियो ।
जामा अप्थोल्मोलोजी जर्नलमा प्रकाशित अनुसन्धान अनुसार, कोरोनाका बिरामीमा अक्युलर मेनिफेष्टेशनका घटना देखिएका थिए । यस्ता घटनामा आँखामा रातोपना र सुन्निने समस्या देखिन्छ । यसअघि गरिएको एक अध्ययनमा कोरोना भाइरस आँखा माथिको पत्रका अतिरिक्त आँसुमा पनि पाइएको उल्लेख छ ।
