Sidha Patra शनिबार, कार्तिक ०१, २०७७

चीनमा । कोरोना भाइरसको अनौठो घटना देखा परेको छ । कोरोना लागेर निको भएकी ६४ वर्षीय महिलाको आँखामा भाइरस देखा परेको हो । चीनमा यो घटना निकै चर्चामा छ । कतिपय अनुसन्धानहरुले पनि आँखामा रातोपना या सुन्निने लक्षण देखिएमा सावधान हुनुपर्ने सुझाव दिएका छन् ।

लगातार पाँच दिन सुक्खा खोकी र नौ दिनसम्म पखालाका लक्षण देखिएपछि गत ३१ जनवरीमा ती महिलालाई अस्पताल भर्ना गरिएको थियो । ज्वरोपनि आएकी ती महिलाको छातीको स्क्यान गरेपछि फोक्सोमा संक्रमण देखिएको थियो । पछि उनको नाकको नमूना परीक्षण गर्दा कोरोना देखिएको थियो । तर त्यतिबेला खासै गम्भीर समस्या भने देखिएन । न त उनको आँखामा नै समस्या थियो । १८ र २० फेब्रुअरीका दिन गरिएको जाँचमा उनी कोरोना नेगेटिभ देखिइन । लगत्तै उनलाई डिस्चार्ज गरियो । तर ८ दिनपछि भने उनको दायाँ आँखामा दुखाई शुरु भयो । २८ फेब्रुअरीसम्म उनको आँखा निकै दुख्न थाले । बिस्तारै दृष्टि पनि कमजोर हुँदै गयो ।

असह्य भएपछि ८ मार्चका दिन ती महिलालाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालाम चेकजाँच गर्दा भने उनी ग्लुकोमा अटेकको समस्याबाट पीडित रहेको पत्ता लाग्यो । तर औषधीको जति प्रयोग गरेपनि केही फाइदा नभएपछि उनको आँखाको अप्रेसन गर्नुपरेको थियो । महिलाको आँखाको दुईपटक सर्जरी गर्दा समेत आँखामा लगातार दबाबर र पीडा हुन थालेपछि १० अप्रिलमा फेरी सर्जरी गरियो । सर्जरीको बेला आँखाबाट लिएका तन्तुको नमूनाको जाँच गर्दा त्यसमा कोरोनाभाइरस प्रोटिन भेटियो ।

जामा अप्थोल्मोलोजी जर्नलमा प्रकाशित अनुसन्धान अनुसार, कोरोनाका बिरामीमा अक्युलर मेनिफेष्टेशनका घटना देखिएका थिए । यस्ता घटनामा आँखामा रातोपना र सुन्निने समस्या देखिन्छ । यसअघि गरिएको एक अध्ययनमा कोरोना भाइरस आँखा माथिको पत्रका अतिरिक्त आँसुमा पनि पाइएको उल्लेख छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]