
ksb
Ggp
Lks
Jns
Rgp
Rgp
Sgp
lnp
Asb
Usb
Rgp
Dus
Rgp
Lnp
Ggp

lms

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुस सहित पक्राउ परेका छन् ।
धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग लिएको चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले रुपन्देहीको सियारी गाउँपालिका वडा नं ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रक्ता सुरेश भुसालले जानकारी दिनुभयो । दिउसो साढे २ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले जनाएको छ ।
