
sbs
Sgr
Unsku
Lnp
Pes
pku
cjs
Ggp
Gfs
Rgp1
Djs
Pbu
Srbpu
Rgp
दाङ । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रकाश श्रेष्ठले संसार देखाउने आँखा जस्तो महत्वपूर्ण अंगलाई सरसफाईमा ध्यान दिनु पर्ने तथा जोगाएर राख्नु पर्ने बताउनु भयो । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा दाङले शनिबार व्यवसायीहरुका लागि आयोजना गरेको एक दिने आँखा सम्बन्धि तालिमको उद्घाटन गर्दै केन्द्रीय सदस्य श्रेष्ठले सो कुरा बताउनु भएको हो । […]
कपिलवातु । बिजायनगर सशस्त्र सीमा बल,नेपाल प्रहरी र बन कर्मचारीद्वारा तस्करले लुकाइराखेको काठ बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउँपालिका ७ दत्तापुर गाउँमा लुकाइछिपाइ राखेको ४ वटा सिसमको गोलिया १६ क्युफिट सहगवनकाे काठ बरामद गरिएकाे जनाएकाे छ । शनिबार बिहान साढे ११ बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले ३० हजार […]
बाँके । बाँके ट्राफिक प्रहरीले आकस्मिक निरीक्षणसँगै जाँच गर्न थालेको छ। सवारी साधनको गति र लामो दूरीका बसमा दुईजना चालक राख्नुपर्ने प्रावधानको पालना भए नभएको बुझ्न पूर्वपश्चिम र रत्न राजमार्ग क्षेत्रमा प्रहरीले आकस्मिक जाँच सुरु गरेको हो । ट्राफिक प्रहरीले लामो दूरीमा चल्ने रात्री र दिवासेवा बसमा अनिवार्य दुई जना चालक राख्ने मापदण्ड बनाएपनि त्यसको […]
रौतहट । रौतहटको मौलापुर नगरपालिकामा आमा छोरी मृत अवस्थामा फेला परेका छन् । मौलापुर नगरपालिका-४ बौधा पतौराका धीरेन्द्र साहको २४ वर्षीय श्रीमती माला भन्ने कविता र उनकी १८ महिने छोरी आरोही झुण्डिएको अवस्थामा फेला परेका हुन्। शुक्रबार राति परिवारजनका सदस्यहरूले निर्घात कुटपिट गरेर झुण्याएर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। घटनापछि धीरेन्द्र र उनका […]
दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८०।०३।१३ गतेको पत्रादेशानुसार प्रहरी प्रभाग बलम्बु काठमाडौं काज सरुवा भई जानलाग्नु भएका प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई शनिबार एक कार्यक्रमका बीच भब्य बिदाई गरिएको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले सरुवा भई जान लाग्नुभएका प्रहरी […]
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र लमही नगर कमिटीले शुक्रबार लमही-८ बिच्का गाउँमा धान दिवस मनाएको छ । कमिटीले पार्टीका जिल्ला सदस्य रामबहादुर चौधरीको खेतमा गएर धान रोपाइ गरेर मनाएको लमही नगर कमिटीका उपाध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो । लमही नगर कमिटीका अध्यक्ष दिल कुमार श्रेष्ठको नेतृत्वमा गरिएको धान रोपाई […]
रौतहट । बैंक खाताबाट रकम चोरी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। रकम चोरी गरेको आरोपमा रौतहटको वृन्दावन नगरपालिका–३ निवासी रामेश्वरराय यादवको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट जेठ ५ गते गैरकानुनी रूपमा ९ लाख ट्रान्सफर गरेको आरोपमा उनीहरू पक्राउ परेको हुन्। अवैध रूपमा बैंक खाताबाट रकम चोरी गरेको आरोपमा उनीहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको […]
दाङ । २० औं राष्ट्रिय धान दिवस नेकपा एमालेले किसानको खेत रोपेर मनाएकोछ। नेकपा एमाले लमही नगर कमिटीको आयोजनामा लमही नगरपालिकाको १ नम्बर वडामा खेत रोपेर धान दिवस मनाएको हो । जिल्ला कमिटी सदस्य एवं नगर इन्चार्ज रतन कुमार केसीको अगुवाइमा पार्टीका केन्द्रिय सदस्य सीता सिग्देल न्यौपाने, केन्द्रिय अनुशासन बिभागका सदस्य एवं लुम्बिनी प्रदेशका पुर्व […]
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख डिआईजी उमेशराज जोशीले ठुलो सफलता प्राप्त गर्नु भएको छ । डिआईजी जोशीको विशेष उपस्थितिमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्त रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ धमसरका २७ वर्षीय अब्दुल हाकिम […]