
Rgp1
Rgp
cjs
Srbpu
Pbu
Djs
Lnp
Pes
Gfs
Unsku
Ses
Sgr
Ggp
pku

Pvg
Hal
Ssm
Bbbpu
Asm
Rgu
Bbu
Ggd
Wsp
Vor
Sbs
Ksm
Tsm
Rgu
nsb
Gst
Sls
Rsb
Rgs

Gsb
Ptm
bbt
Rmb
Rpp
Syp
Pls
Jmb
Jmb
Bml
Mks
sab
Abd
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख डिआईजी उमेशराज जोशीले ठुलो सफलता प्राप्त गर्नु भएको छ ।
डिआईजी जोशीको विशेष उपस्थितिमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्त रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन,कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनु भयो ।
तीन दिनअघि पक्राउ परेका व्यक्तिहरुबाट लु८५प ६२२१ र लु २० प २५७२ नम्बरको पल्सर मोटसाइकल र विभिन्न मोडलका दिए । उनीहरुले वैशाख १ गते रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडिको पर्खाल नजिकै प्रेसरकुकर बम राखेको प्रहरीले जनाएको छ।
उक्त बम नेपाली सेनाको विस्फोटक टोलीबाट डिस्पोज गरिएको थियो । असार १ गते बिहान २ः३० बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरवप्रसाद कलवारको शिवम इम्पेक्सको कम्पाउन्डमा पर्खाल बाहिर प्रेसरकुकुर बम विस्फोट गराएको र सोही दिननै बिहान ६ः१० बजे मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा विस्फोटक पदार्थ (प्रेसरकुकुर बम) विस्फोट गराएको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै उनीहरुले घर नजिकै बम राख्ने र फिरौती रकम माग्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद, ७ ‘विस्फोटक पदार्थसम्बन्धी कसुर’ शीर्षकमा मुद्दा दर्ता भई रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,रुपन्देहीले जनाएको छ।
