
Ggp
Gfs
pku
Pbu
Lnp
Rgp
Djs
Rgp1
Unsku
Srbpu
cjs
sbs
Sgr
Pes
काठमाडौं । कोशी प्रदेशमा १४ जना डेङ्गु संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १४ मध्ये १३ जना सुनसरीका हुन् भने एक जना भने मोरङ्ग जिल्लाको रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । त्यस्तै हालसम्म संक्रमितको सङ्ख्या २२ हजार २ सय ३७ पुगेको छ । जसमध्ये आधाभन्दा बढी सुनसरी जिल्लाका संक्रमित रहेका छन् । […]
दाङ । दाङको राप्ती गाउँपालिकामा रहेका आशाका किरण संस्थाले भालुवाङका चाट तथा पानीपुरी बेच्ने ठेला व्यापारीलाई सरसफाई गर्न सुझाव दिएको छ । ठेलामा राखि चाट तथा पानीपुरी बिक्री गर्ने व्यापारीहरुले सरसफाईमा ध्यान नदिएको पाइए पछि उनीहरुलाई सरसफाईका बारेमा सचेत गराउन तथा आफु र खानेकुराहरु समेत सफा राखि बिक्री वितरण गर्न संस्थाका अध्यक्ष अशोक बेल्वासेले सुझाव […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भदौ १५ गते भित्र रोक्का जग्गा फुकुवा नभए गाउँपालिकाको कार्यालय गेटबाट चलाउने उद्घोष गरेका छन् । जग्गा फुकुवा संघर्ष समितिले बुधवार राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सो उद्घोष गरेका हुन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विगत ३ वर्ष […]
दाङ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा सधै चर्चामा रहने कलाकार मध्यका एक हुन सन्दीप न्यौपाने । दाङ देउखुरीको उर्वर माटोमा जन्मिएर सिंगो नेपालको प्रतिनिधित्व गर्न सक्ने क्षमता बोकेका कलाकार हुन उनि । स्वदेश तथा विदेशमा रहेका सारा नेपालीले रुचाएका कलाकारमा पर्छन। स्वरमा मात्र हैन शब्द संगीत र अभिनयमा समेत अदभुत क्षमता भएका कलाकार न्यौपानेका […]
दाङ । तुलसीपुरको कारागार कार्यालयमा रहेका महिला कैदीबन्दीहरुलाई नयाँ भवनमा सारिएको छ । पुरानो भवनमा बस्दै आएका कैदीबन्दीहरुलाई बिहीबारदेखि नयाँ भवनमा सारिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख चिन्तामणी रेग्मीले जानकारी दिनु भयो । दाङ जिल्ला सहायक प्रमुख सावित्रा पुनले नवनिर्मित भवनको उद्घाटन गरेपछि ४९ जना महिला कैदीबन्दी र तीन जना आश्रित बालबालिकालाई नयाँ भवनमा सारिएको हो […]
काठमाडौं । एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रदान गरिएको छ । नेपाली क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रोटोकल प्रदान गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । नेपाली टिम फ्लाई दुबईको विमानमा आज कराँची पुगेको थियो । जहाँ कडा सुरक्षा घेरामा पाकिस्तान क्रिकेट बोर्डका पदाधिकारीले नेपाली खेलाडीलाई स्वागत गरेका थिए । […]
विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, ४ भदौका सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दर्ता […]
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार आज अपराह्न ३ बजे बस्ने तय भएको छ। मंगलबार निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक बुधबारका लागि सारिएको सङ्घीय संसद सचिवालयले जनाएको छ। त्यस्तै यसअघि प्रतिनिधिसभा बैठक मंगलबार अपराह्न ३ बजेका लागि राखिएको थियो । सो बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ श्रीनगरमा रहेको बौद्ध गुम्बामा करिव २ वर्षदेखि लागेको ताल्चा अहिलेसम्म खुलेको छैन् । गुरुङ समाजका अध्यक्ष धनबहादुर गुरुङको पहलमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी लुमबहादुर गुरुङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि बौद्ध गुम्बाको निमार्ण गरिएको हो । गुम्बा निमार्ण सम्पन्न भइसक्दा समेत गुम्बाको मुल गेटको […]
दाङ । देउखुरीको गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन सम्भाव्यता अध्ययन टोली गढवा गाउँपालिकामा अध्ययन गरिरहेको छ। ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंका चार सदस्यीय र सेरामिक हब सम्भाव्यता अध्ययन समितिका संयोजक र सदस्यहरु सहितको टोलीले गढवा गाउँपालिकाको बिभिन्न स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको सेरामिक हब संभाव्यता अध्ययन समितिका संयोजक आशाराम चौधरीले जानकारी दिनु भयो। सम्भाव्यता अध्ययन गरी कार्ययोजनाको […]