Sidha Patra बिहिबार, भाद्र ०७, २०८०

काठमाडौं । कोशी प्रदेशमा १४ जना डेङ्गु संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १४ मध्ये १३ जना सुनसरीका हुन् भने एक जना भने मोरङ्ग जिल्लाको रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

त्यस्तै हालसम्म संक्रमितको सङ्ख्या २२ हजार २ सय ३७ पुगेको छ । जसमध्ये आधाभन्दा बढी सुनसरी जिल्लाका संक्रमित रहेका छन् । सुनसरीमा हालसम्म १५ हजार ९ सय ५२ डेङ्गु संक्रमित छन् ।

मोरङ्गमा हालसम्म तीन हजार ३ सय ६३ जना, झापामा एक हजार ४ सय २०, उदयपुरमा ४ सय ४९, धनकुटामा २ सय ६४ जनामा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । हिमाली जिल्ला सङ्खुवासभामा दुई सय ४०, इलाममा एक सय ६८, भोजपुरमा एक सय ५४, तेर्हथुममा एक सय १५, पाँचथरमा ४७, ताप्लेजुङ्गमा ३३, ओखलढुङ्गा र खोटाङमा पाँच पाँच र सोलुखुम्बुमा दुई जनामा संक्रमण देखिएको छ ।

यस्तै योसँगै कोशी प्रदेशका सबै जिल्लामा संक्रमण देखा परेको छ । तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक बस्नेतले जानकारी दिनुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन सुझाएको स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत विवेचना चौलागाइले जानकारी दिनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]