
Lnp
Pbu
Ggp
Gfs
Srbpu
pku
Rgp
Sgr
Djs
sbs
Unsku
Rgp1
Pes
cjs

Ggd
Bbu
nsb
Rgu
Vor
Pvg
Rsb
Gst
Ksm
Rgu
Asm
Tsm
Hal
Rgs
Wsp
Ssm
Sls
Sbs
Bbbpu

Jmb
Abd
Pls
Gsb
Jmb
sab
Rpp
Bml
Syp
Mks
Rmb
Ptm
bbt
काठमाडौं । कोशी प्रदेशमा १४ जना डेङ्गु संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १४ मध्ये १३ जना सुनसरीका हुन् भने एक जना भने मोरङ्ग जिल्लाको रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
त्यस्तै हालसम्म संक्रमितको सङ्ख्या २२ हजार २ सय ३७ पुगेको छ । जसमध्ये आधाभन्दा बढी सुनसरी जिल्लाका संक्रमित रहेका छन् । सुनसरीमा हालसम्म १५ हजार ९ सय ५२ डेङ्गु संक्रमित छन् ।
मोरङ्गमा हालसम्म तीन हजार ३ सय ६३ जना, झापामा एक हजार ४ सय २०, उदयपुरमा ४ सय ४९, धनकुटामा २ सय ६४ जनामा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । हिमाली जिल्ला सङ्खुवासभामा दुई सय ४०, इलाममा एक सय ६८, भोजपुरमा एक सय ५४, तेर्हथुममा एक सय १५, पाँचथरमा ४७, ताप्लेजुङ्गमा ३३, ओखलढुङ्गा र खोटाङमा पाँच पाँच र सोलुखुम्बुमा दुई जनामा संक्रमण देखिएको छ ।
यस्तै योसँगै कोशी प्रदेशका सबै जिल्लामा संक्रमण देखा परेको छ । तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक बस्नेतले जानकारी दिनुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन सुझाएको स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत विवेचना चौलागाइले जानकारी दिनुभयो ।
