
Ssb
Usb
Tgp
Fmb
jsb
Ppu
Rsb
Ssb
Csb
Rks
Ksb
Ksb
Ksb
Gsb
Nsb
Bsn

Hl1
Tsb
Gsb
Ssb
Usb

Rgu
ptl
Nps
दाङ । दाङको राप्ती गाउँपालिकामा रहेका आशाका किरण संस्थाले भालुवाङका चाट तथा पानीपुरी बेच्ने ठेला व्यापारीलाई सरसफाई गर्न सुझाव दिएको छ ।
ठेलामा राखि चाट तथा पानीपुरी बिक्री गर्ने व्यापारीहरुले सरसफाईमा ध्यान नदिएको पाइए पछि उनीहरुलाई सरसफाईका बारेमा सचेत गराउन तथा आफु र खानेकुराहरु समेत सफा राखि बिक्री वितरण गर्न संस्थाका अध्यक्ष अशोक बेल्वासेले सुझाव दिएका छन् ।
भालुवाङ पुल्चोक क्षेत्रमा ठेला व्यवसायी गर्ने व्यापारीहरुलाई एकै ठाउँमा राखेर संस्थाका अध्यक्ष बेल्वासेले सवैलाई सरसफाईमा ध्यान दिन सुझाव दिएका छन् । शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आशाका किरण संस्थाले बढी मात्रमा काम गर्दै आएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री घर्ती क्षेत्री, सचिव थमन राना, सदस्यहरु लक्ष्मी पोख्रेल, सिर्जना थापा, स्वस्तिका खनाल, सुस्मिता थापा क्षेत्री, प्रेस संयोजक ओमप्रकाश गुप्ता, सञ्चारकर्मी मोतीराम भट्टराई लगायतको सहभागिता रहेको थियो ।
