
Pbu
Rgp
Djs
Lnp
Gfs
Pes
cjs
pku
Ggp
sbs
Rgp1
Sgr
Srbpu
Unsku
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका कुकुरहरुकाे स्थायी बन्ध्याकरण गर्न सुरु गरेको छ। पालिकाले पालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भइ किसानहरुकाे पशुचाैपायलाई समेत क्षति पु¥याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गर्न लागेको हाे। गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ सँगकाे सहकार्य एवम् हिमालयन एनिमल रेस्क्यू कोष […]
दाङ । निलसागर सेवा आश्रमले राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ्ग क्षेत्र बाट २ जना सडक सहयाेगापेक्षी मानवकाे उद्धार गरेको छ । आश्रमले साेमबर दिउँसो उनीहरूलाई प्रहरीको सहयोगमा उद्धार गरेको हाे। उद्धार गरिएका ६० वर्ष भन्दा माथिका एक नेपाली सहित २ जना पुरुष रहेका छन् । उनीहरूलाई उद्धार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका-८ पिपरीमा राखिएको […]
दाङ । देउखुरीको लमही नगरपालिकाले एक हप्तामै अबैध रुपमा नदीजन्य पदार्थ चोरिनिकासी गर्न लागेका टिप्पर, ट्याक्टर, जेसिवी लगायतबाट १५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नियन्त्रणमा रहेका अन्य ट्याक्टरबाट राजस्व उठ्न बाँकी नै छ । राप्ती नदीबाट अबैध तरिकाले चोरी गर्न लागेका साधनलाई लमही नगरपालिकाले नियन्त्रणमा लिएर करको दायरामा ल्याइएको लमही नगरपालिकाका नगर प्रमुख […]
दाङ । मेला हेरेर घर फर्किने क्रम देउखुरीमा १ जना पुरुषको कुलोमा खसेर मृत्यु भएको छ । राप्ती गाउँपालिका राप्ती गापा ७ अर्नहनपुर स्थित जोकही कुलोमा खसेर सोही वडाको छोट्की सिसहनियाँ निवासी वर्ष ४१ का पृथ्वी चाैधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । रामघाट मेला हेरेर घर फर्किने क्रममा कुलोमा खसेर […]
दाङ ।’छोरा पाए खसी छोरी पाए फर्सी’ बिभेदकारी सोंचको अत्यन्त गर्न जरुरी रहेको सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख शारदा बस्याल वेल्वासेले बताउनु भएको छ । प्रदेश सरकारको सोच:समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने नाराका साथ स्थानीय तहको समन्वय र सहकार्यमा सीमावर्ती क्षेत्रका किशोरी तथा महिलाहरुलाई लैङ्गिक तथा सामाजिक हिंसा विरुद्धको कानुनी सचेतनामूलक कार्यक्रममा बोल्दै […]
काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् । त्यस्तै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् । इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालन […]
जनकपुरधाम । आज जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवस मनाउँदैछ । पार्टीको संगठन रहेको तराई मधेसको २३ वटा जिल्लामा रंगभेदविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको जनमत पार्टीका सविच बीपी साहले जानकारी दिएका छन् । २०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी,थारु, आदिवासी र जनजातीसँग रंगको आधारमा विभेद हुँदै आएको दाबी गर्दै तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका […]
दाङ । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिका लगानी ऐक्यबद्ध भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट गढवा सहित देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गर्न थालिएको छ। प्रत्येक वर्ष नोभेम्बर २५ […]
दाङ । नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशाेसियसन(नेभ्ला) दाङले आफ्नो ३४ औं स्थापना दिवसका अवसरमा शनिबार विभिन्न कार्यक्रम गरि मनाएको छ। नेभ्लाले जिल्लाकाे गढवा गाउँपालिका वडा नं.६ मनिकापुरमा र शान्तिनगर गाउँपालिका वडा नं. २ पेदामा रहेको गाैशालाका ३ सय ५० बढी पशुहरूलाई मिनरल बितरण, उपचार , परजिवि नियन्त्रण कार्यक्रम गरि स्थापना दिवस मनाएको नेपाल पाराभेटेरीनरी एण्ड […]
दाङ । गुरुकुल एकेडेमीले भारतको लखनउमा आयोजना भएको जियोफेस्ट अन्तर्राष्ट्रिय कायक्रममा दोस्रो र तेस्रो उपाधि हात पारेको छ । सिटि मन्टेस्वरी विद्यालय लखनउ भारतको आयोजनामा भएको कार्यक्रममा गुरुकुल एकेडेमीले उपाधि पाएको हो । विज्ञान प्रविधि तथा पृथ्वीको संरक्षण र वातावरणको संरक्षण सम्बन्धि संसारभरीका विद्यार्थिहरुलाई जनचेतना जगाउने उद्धेश्यले जियोफेस्ट नामक अन्तराष्ट्रिय कार्यक्रमको आयोजना गरीएको थियो । […]