
Rgp1
Rgp
pku
Pbu
Unsku
Lnp
Srbpu
Ggp
Sgr

Rgu
Rgs
Rgu
Sls
Rsb
Ssm
Sbs
Bbu
nsb
Ksm
Hal
Vor
Gst
Pvg
Bbbpu
Ggd
Asm
Wsp
Tsm

Syp
bbt
Mks
Ptm
Rmb
Rpp
Bml
Gsb
Pls
Abd
sab
Jmb
Jmb
दाङ ।’छोरा पाए खसी छोरी पाए फर्सी’ बिभेदकारी सोंचको अत्यन्त गर्न जरुरी रहेको सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख शारदा बस्याल वेल्वासेले बताउनु भएको छ ।
प्रदेश सरकारको सोच:समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने नाराका साथ स्थानीय तहको समन्वय र सहकार्यमा सीमावर्ती क्षेत्रका किशोरी तथा महिलाहरुलाई लैङ्गिक तथा सामाजिक हिंसा विरुद्धको कानुनी सचेतनामूलक कार्यक्रममा बोल्दै प्रमुख वेल्वासेले सो कुरा बताउनुभएको हो।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा एक दिने किशोरी तथा महिलाहरुलाई लैङ्गिक तथा सामाजिक हिंसा विरुद्धको कानुनी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्दै सम्बन्धि १ दिने सीमावर्ती क्षेत्रमा कानुनी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
दाङको सिमावर्ती क्षेत्र गढवा गाउँपालिकाको कोईलाबासमा किशोर तथा महिलाहरुलाई लैङ्गिक तथा सामाजिक हिंसा विरुद्धको कानुनी सचेतनामूलक कार्यक्रम गढवा गाउँपालिका भरीका जनप्रतिनिधि,महिला कार्यपालिका सदस्यहरु, ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख,गढवा गाउँपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको प्रमुख,८ नम्वर कार्यालयका कर्मचारी लगायतको सहभागितामा एक दिने कानुनी सचेतनामूलक कार्यक्रम गढवाको कोइलाबासमा सम्पन्न भएको हो ।
कानुनी सचेतना कार्यक्रमको मुख्य प्रशिक्षकमा सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख शारदा बस्याल वेल्वासे र लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवाली र ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वली रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले चौकीमा आउने केसहरु मध्ये ८० प्रतिशत मुद्दा महिला हरुको भएको बताउनु भयो । महिलालाई हेर्नु दृष्टिकोण बदल्न आवश्यक रहेको बताउदै निरिक्षक वलीले बिश्वभर लैङ्गिक हिंसा बिरुद्धको अभियान चलाउदैमा खासै फरक नहुने बताउदै घरघरबाट सोचको परिवर्तन हुनु पर्ने कुरामा जोड दिनु भयो ।
त्यस्तै घरेलु हिंसाको घटनाहरु बढी मात्रामा समस्या आउने गरेको भन्दै महिला हिंसाका घटनाहरू महिला बाटै हूने गरेको बताउदै समाजमा महिला मात्र नभएर पुरुष पनि हिंसाको सिकार हुने गरेको बताउनु भयो । कुनै पनि अपराधको मुद्दामा सामाजिक सञ्जालबाट डिलिट गरेको बिषयबस्तु सजिलै प्राप्त हुने भएकाले आत्महत्या दुरुत्साहनको मुद्दामा प्रमाण सजिलै प्राप्त गर्न सजिलो भएको बताउदै आफु माथी कुनैपनि प्रकारको हिंसा भए तत्काल प्रहरीमा उजुरी दिन अनुरोध समेत गर्नु भयो ।
त्यसैगरी कार्यक्रम बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले हिंसा गर्न नहुने र सहन पनि नहुने बताउदै कुनै समस्या पर्न साथ गाउँपालिकाको न्यायिक समितिमा उजुरी गर्ने बानीको बिकाश हुनुपर्ने बताउनुभयो। घरेलू हिंसा समुदाय बाटै अथवा घर बाटै न्युनिकरण गर्न आवश्यक रहेको बताउदै उपाध्यक्ष चौधरीले स्थानिय न्यायिक समितिको वारेमा महिलाहरुलाई जानकारी गराउदै त्यसका साथै उहाँले पालिकाका महिलाहरुका पक्षमा विभिन्न सिपमुलक तालिम लगायतका आय आर्जनका क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिनु भयो । महिला हिंसा न्यूनिकरणमा स्थानिय तहका सबै राजनीतिक दल,विभिन्न संघ सँस्था लगायतका पक्षले साथ दिनुपर्नेमा विचार राख्नु भयो।
कार्यक्रममा महिला हिंसा, लैगिंक हिंसा, लैगिंक हिंसा न्यूनिकरण र परार्मश लैगिंक हिंसा सम्बन्धी कानुनी व्यवस्था, महिला हक र सशक्तिकरण,लगायतको बारेमा छलफल भएको थियो ।कोईलाबासमा समापन गरिएको सचेतना कार्यक्रममा लैङ्गिक हिंसा विरुद्दमा नेपालमा भएको कानुनी ब्यबस्थाहरुको बारेमा गढवा गाउँपालिकाका जनप्रतिनिधि,कार्यपालिका सदस्यहरु,कर्मचारिहरु, सरोकारवालाहरुलाई जानकारि गराइएको, उपस्थित सबैले ” म लैङिक हिंसा गर्दिन, म लैङ्गिक हिंसा हुन दिन्न र लैङ्गिक हिंसा भएको देखेमा प्रतिकार गर्नेछु।” भन्ने भनाइमा प्रतिवद्दता जनाउदै हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिकाकाका विभिन्न वडाका महिला वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु र सिमावर्ती क्षेत्र कोईलाबास र आसपासका क्षेत्रका महिलाहरूको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा ८ नम्बर वडाध्यक्ष खालिक सिद्दिकीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत ध्रुव भण्डारीले गर्नु भएको थियो।

