
Srbpu
Sgr
Rgp1
Rgp
Lnp
Ggp
Pbu
pku
Unsku
काठमाडौँ । सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्दा कागजी रूपमा दिइने चिटको साटो अब प्रहरीले डिजिटल चिट काट्ने भएको छ। नागरिक एपमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) आबद्ध गरिएपछि सर्वसाधारणले सवारी चालक अनुमतिपत्रको साटो एपभित्रकै भर्चुअल लाइसेन्स देखाए पुग्ने भएको छ। आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखक,भौतिक पूर्वाधार तथा […]
काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । त्यस्तै पक्राउ परेको दिन (शुक्रबार)देखि नै गणना हुने गरी म्याद थप भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । रविमाथि अनुसन्धान गर्न प्रहरीले बुधबारसम्मका लागि म्याद पाउने छन् […]
काठमाडौँ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन भइरहेको छ । निषेधाज्ञाका बिच रास्वपाको प्रदर्शन हुँदा प्रहरी र प्रदर्शनकारी बीच घम्साघम्सी भएको छ । प्रहरीले भीडलाई अघि बढ्न दिएको छैन भने प्रदर्शनकारीले चर्का नारबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । त्यस्तै रास्वपाका सभापति लामिछानेलाई सहकारी ठगीमा आज अदालतमा पेस गर्नै लागिएको बेला […]
सप्तरी । कञ्चनरुप नगरपालिकाको बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित ईलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि,लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएका छन् । नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उनको भनाइ छ । सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको समेत उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलामा सांस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष रमेश बिकको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले माररीमा विकास गर्नका लागि जनताहरु एकजुट र सचेत भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले […]
काठमाडौं । प्रहरीले कैलाली र बाँकेबाट २७ जना जुवाडे पक्राउ परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर -१ पशुपती टोलस्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय कमल राज अधिकारी समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । त्यस्तै वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले […]
काठमाडौँ । सरकारले विपद प्रभावित स्थानीय तहहरुलाई क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विपद संकटग्रस्त स्थानीय तहलाई तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान पठाउन रकम निकासाको निर्णय गरेको हो । गएको असोज महिनाको १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढीपहिरो तथा डुबानबाट […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई उनकै पार्टी कार्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) […]
दाङ । राजपुर गाउँपालिकामा “युवा विकासका लागि सञ्चार माध्यमको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक बिहीबार सम्पन्न भएको छ। स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङद्वारा संचालित विलिभ कार्यक्रम अन्तर्गत राजपुर गाँउ युवा परिषदको आयोजना र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमकाे प्रमुख अतिथि […]