
pku
Gfs
Lnp
Rgp
Pes
Unsku
Djs
Sgr
Srbpu
Pbu
cjs
Rgp1
sbs
Ggp

Gst
Tsm
Wsp
Ggd
Rgs
Ksm
Pvg
Rgu
Rsb
Sls
nsb
Bbbpu
Ssm
Bbu
Sbs
Asm
Rgu
Hal
Vor

sab
Pls
Syp
Mks
Bml
Ptm
Jmb
Jmb
Rmb
Abd
Rpp
Gsb
bbt
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई उनकै पार्टी कार्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै पूर्वडीआईजी छविलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए ।
यस्तै गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् । रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए ।
