श्रवण कुमार यादव शुक्रबार, कार्तिक ०२, २०८१

दाङ । राजपुर गाउँपालिकामा “युवा विकासका लागि सञ्चार माध्यमको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक बिहीबार सम्पन्न भएको छ।

स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङद्वारा संचालित विलिभ कार्यक्रम अन्तर्गत राजपुर गाँउ युवा परिषदको आयोजना र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमकाे प्रमुख अतिथि तथा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले गाउँपालिकाले युवा सशक्तिकरणका लागि चलाएका कार्यक्रमहरूबारे जानकारी गराउँदै युवाहरूलाई सक्रिय योगदान गर्न प्रेरित गरे ।

अध्यक्ष बुढाथोकीले संचार विनाको विकास र विकास विनाको संचार हामी कल्पना गर्न सक्दैनौं अर्थात संचार विना विकासको प्रचार-प्रसार हुन सक्दैन भने विकास विना संचारको औचित्य पुष्टि हुन सक्दैन । युवा राष्ट्रको मेरुदण्ड हुन् त्यस कारण युवा विकासमा सञ्चार माध्यमको भुमिका महत्वपुर्ण रहेको बताए ।

त्यस्तै कार्यक्रममा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति देवि यादवले युवाहरूको भविष्य निर्माणका लागि गाउँपालिकाको प्रतिबद्धता रहेको बताइन् । राजपुर गाउँपालिकाकी महिला तथा बालबालिका शाखाकी सुनिता चौधरीले विकास र संचार एक अर्काका परिपुरक रहेको बताइन् ।

एकदेखि सात नम्बर वडासम्मका करिब ४० जना युवाहरू सहभागी भएको कार्यक्रममा सञ्चार माध्यमले युवाहरूको विकास,क्षमता अभिवृद्धि र रोजगारको  सम्भावनाहरू, सञ्चारमा चुनौती र समस्या,साइबर अपराध लगायत विषयमा खेल्ने भूमिकाकाे बारेमा गहन छलफल तथा अन्तरक्रिया गरिएको थियो।

आशिष चौधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको अन्तर्क्रिया कार्यक्रममा विलीभ कार्यक्रम सामाजिक परिचालक अम्रेश कुमार यादवले कार्यक्रमको बारेमा विस्तृप्त जानकारी गराएका थिए । सञ्चारकर्मी किरण विक्रम शाह र श्रवण कुमार यादवले अन्तर्क्रिया कार्यक्रममा प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।

राजपुर गाउँपालिकामा युवा परिषदका सदस्य नरेन्द्रसिंह यादवकाे सभाध्यक्षतामा सम्पन्न भएको अन्तर्क्रिया कार्यक्रममा ओम प्रकाश यादवले सहजीकरण गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]