
Rgp
Rgp
Lnp
Asb
Sgp
Dbs
Rgp
Ggp
lnp
Usb
ksb
Lks
Ggp
Dus
Jns
Pbu
Rgp


काठमाडौँ । सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्दा कागजी रूपमा दिइने चिटको साटो अब प्रहरीले डिजिटल चिट काट्ने भएको छ।
नागरिक एपमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) आबद्ध गरिएपछि सर्वसाधारणले सवारी चालक अनुमतिपत्रको साटो एपभित्रकै भर्चुअल लाइसेन्स देखाए पुग्ने भएको छ।
आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखक,भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायतले ई–चलान (डिजिटल चिट) प्रणालीको औपचारिक सुरुवात भएको घोषणा गरेका थिए । सवारी चालकले ठाउँका ठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था आइतबारदेखि कार्यान्वयनमा आएको हो। ई–चलान डिजिटल चिटले प्रविधिमैत्री सेवा प्रवाहमा भूमिका खेल्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए ।
त्यस्तै ‘अत्यधिक सवारी चाप,सीमित सडक सञ्जाल,ट्राफिक सचेतनाको कमी,सडक पूर्वाधार र प्रविधिको अभाव ट्राफिक व्यवस्थापनका मुख्य चुनौती रहँदै आएका छन्,’उनले भने,‘सीमित स्रोतसाधनका माझ हामीले सेवा दिँदै आएका छौं।’ हाल ट्राफिक कारबाहीमा परेका चालकहरूको कागजपत्र लिने गरिकामा अबदेखि प्रहरीले चालकको नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सभित्रको क्युआर कोड स्क्यान गरी सम्पूर्ण विवरण टीभीआरएसमा अद्याविधिक हुने प्रणाली विकास गरिएको हो ।
यस सँगै जरिवाना तिर्न र कागजपत्र लिन ट्राफिक कार्यालय धाइरहनुपर्ने बाध्यता नहुने बोहराले बताए। कार्यक्रममा यातायातमन्त्री दाहालले ड्राइभिङ लाइसेन्स,नागरिक एप र राष्ट्रिय परिचयपत्रलाई आपसमा जोडिने र त्यसले लाइन्स लिन कार्यालयमा उपस्थित हुनुपर्ने झन्झटसमेत अन्त्य गर्ने बताए ।
