
Rgp
Unsku
Pbu
Lnp
Srbpu
Ggp
Sgr
Rgp1
pku
धनगढी । कैलालीबाट लागूऔषध खैरो हेरोइन सहित ३ युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर –१ अत्तरियाबाट चुरे गाउँपालिका वडा नम्बर –३ बस्ने २१ वर्षीय निराजन शाह पक्राउ परेका हुन् । शाहलाई १ ग्राम २३० मिलिग्राम लागू औषध (खैरो हेरोइन)सहित फेला पारि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ […]
दाङ । राप्ती गाउँपालिकाले असोज २४ गते वडा नम्बर १ भालुवाङ स्थित सशस्त्र प्रहरी क्याम्प नजिकै पिङ खेल्न गएकी ८ बर्षीय बालिका माथि भएको बलात्कार घटना प्रति दु:ख व्यक्त गरेकाे छ। पालिकाका अध्यक्ष प्रकाश विष्टले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बालिका माथि भएको उक्त घटना अमानवीय, क्रूर र समाजको संवेदनशीलतालाई चुनौती दिने जघन्य अपराध […]
काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सो सहकारीबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । सोमबार र मङ्गलवार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलसँग उनले बयान दिएका हुन् । बयान दिँदै लामिछानेले आफ्नो नामबाट ऋणस्वरुप प्रवाह भएको रकम गोर्खा मिडिया नेटवर्क प्रालिको […]
काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न (रास्वपा)ले सूचना पठाएको छ । रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ । आन्दोलन बाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ । […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा (ओली)ले बुधबार आज सरकारका सय दिने उपलब्धी सार्वजनिक गर्दै छन् । ओलीले दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट आफू नेतृत्वको सरकारको सय दिने उपलब्धी सार्वजनिक गर्न लागेको सचिवालयले जनाएको छ। त्यस्तै गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज आफू प्रधानमन्त्री भएयताका उपलब्धी,कार्य र आगामी कार्ययोजना प्रस्तुत […]
रौतहट । सशस्त्र प्रहरी बेस क्याम्प हरिनगर पोखरभिन्डा र प्रहरी चौकीको संयुक्त टोलीले रौतहट स्थित सेक्टर वन कार्यालय जंगलसहियाको खेतमा परालले छोपेर राखेको सालको गोलिया काठ बरामद गरेको छ। सूचनाको आधारमा डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत एवं सेक्टर वनका प्रमुख राजेश कुमार साहको कमान्डमा खटिएको संयुक्त टोलीले कटहरिया नगरपालिका २ जमुनिया गाउँ छेउमा रामजनम […]
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मासिक रुपमा दिदै आएको उत्कृष्ट प्रहरी पुरस्कार ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले पाएका छन् । संगठनले दिएको जिम्मेवारी पूर्ण रूपले कर्तव्यनिष्ट भई अपराध अनुसंधान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै हिन्दू हरूको महान चाड बडा दशैको अवसरमा मूर्ति विसर्जनमा व्यवस्थित रूपमा प्रहरी परिचालन तथा […]
हेटौंडा । बालिका बलात्कारको कसुरमा मकवानपुर जिल्ला अदालतले एक पुरुषलाई १२ वर्ष कैद सजाय सुनाएको छ । त्यस्तै १२ वर्षीया बालिका बलात्कार गरेको कसुरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१४ बँदेलधापका एक जना पुरुषलाई अदालतले १२ वर्ष कैद फैसला गरेको हो । अदालतले ३८ वर्षीय मीनबहादुर लोप्चनलाई १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला […]
कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर १२ ठकुरापुरबाट अबैध रूपमा भित्रिदै गरेको करिब तीन हजार चल्ला सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा खटिएको सात जनाको गाडि मोबाइल टोलीले रात्रि २ बजेको समयमा भारतबाट अबैध रूपमा भित्रिदै गरेको बोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो […]
दाङ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले गत असाेज २४ गते राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी ८ वर्षीया नाबालिकामाथि भएको बलात्कार घटनामा संलग्न दाेषीलाई तत्काल पक्राउ गरि कानुन अनुसार कार्वाही गर्न माग गरेको छ। मंगलबार कमिटीका अध्यक्ष नारायण प्रसाद शर्मा र सचिव वसन्त नेपालीले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना सार्वजनिक भएको १३ […]