
Usbl-7
ksbl-7
Rksr-7
jsbr-3
Pbu
Csbg-7
Gsbg-3
Jsbg-7
Gsbr-6
Msbg-2


धनगढी । कैलालीबाट लागूऔषध खैरो हेरोइन सहित ३ युवक पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर –१ अत्तरियाबाट चुरे गाउँपालिका वडा नम्बर –३ बस्ने २१ वर्षीय निराजन शाह पक्राउ परेका हुन् । शाहलाई १ ग्राम २३० मिलिग्राम लागू औषध (खैरो हेरोइन)सहित फेला पारि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै धनगढीबाट बैतडी तर्फ जाँदै गरेको सुदूरपश्चिम ०१ ००१ ज १४३४ नम्बरको जिपमा सवार डोटीको जोरायल गाउँपालिका–२ भट्टेखोला बस्ने २४ वर्षीय दिपक बिष्ट र २४ वर्षीय गोबिन्द बिष्ट पक्राउ परेका छन । यी दुबै जनालाई २ ग्राम ७९० मिलिग्राम लागू औषधसहित फेला पारि अस्थायी प्रहरी पोष्ट खानिडाँडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । यी तीनै जनालाई बुधबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
