Sidha Patra बुधबार, कार्तिक ०७, २०८१

रौतहट । सशस्त्र प्रहरी बेस क्याम्प हरिनगर पोखरभिन्डा र प्रहरी चौकीको संयुक्त टोलीले रौतहट स्थित सेक्टर वन कार्यालय जंगलसहियाको खेतमा परालले छोपेर राखेको सालको गोलिया काठ बरामद गरेको छ।

सूचनाको आधारमा डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत एवं सेक्टर वनका प्रमुख राजेश कुमार साहको कमान्डमा खटिएको संयुक्त टोलीले कटहरिया नगरपालिका २ जमुनिया गाउँ छेउमा रामजनम दासको खेतमा परालले छोपिरहेको अवस्थामा ४ वटा सालको गोलिया काठ बरामद गरेको हो ।

त्यस्तै करिब १६ क्युफिट बरामद काठ आवश्यक कारबाहीको लागि सेक्टर वन कार्यालय जन्गलसहिया लागिएको तथा काठबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । हिन्दुहरूको पर्व तिहारको अवसरमा वन कर्मचारी तथा वन सुरक्षाकर्मी घर बिदामा गएको मौका छोपेर तस्करहरूले निर्बाध रूपमा काठको चोरी निकासी गर्ने गर्द छन् ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]