
Sgr
Lnp
Rgp1
Srbpu
pku
Pbu
Ggp
Rgp
Unsku

Sls
Ssm
Rgu
Rgu
Ggd
Ksm
Gst
Rgs
Tsm
Sbs
nsb
Rsb
Vor
Wsp
Hal
Pvg
Asm
Bbu
Bbbpu

Mks
Gsb
Bml
bbt
sab
Rpp
Rmb
Jmb
Pls
Ptm
Syp
Abd
Jmb
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोटस्थित ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थल ‘सिद्द चमेरे गुफा’ कच्ची सडकका कारण ओझेलमा परेको छ ।
करिब साढे दुई दशकअघि पत्ता लागेको यो गुफा प्राकृतिक रुपमा अत्यन्तै मनोरम भएतापनि पूर्वाधार र सहज यातायातको अभावमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न नसकेको हो ।
तुलसीपुर बजारबाट करिब १२ किलोमिटरको दूरीमा रहेको यो गुफासम्म पुग्न हर्नेटीदेखिको करिब ४ किलोमिटर सडक कच्ची र साँघुरो छ । वर्षात्को समयमा सवारी साधन चल्न नसक्ने र हिउँदमा पनि साना सवारीबाट झरेर करिब डेढ किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यताका कारण पर्यटकहरु बीचैबाट फर्किने गरेका छन् ।
त्यस्तै गुफा अवलोकनका लागि पुगेकी स्थानीय सरस्वती पुनले गुफा निकै सुन्दर भएपनि सडकको कठिनाइले थकान महसुस हुने गरेको बताइन् । यस्तै,अर्की स्थानीय विमला शर्माले स्थानीय सरकारले गुफाको विकासमा ध्यान नदिँदा पर्यटकीय चहलपहल घट्दै गएको गुनासो गरिन ।
सिद्द चमेरे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुनका अनुसार गुफाभित्र विभिन्न देवीदेवता र जनावरका प्राकृतिक आकृतिहरु देख्न सकिन्छ । विगतमा केही निकायको सहयोगमा सामान्य भौतिक संरचना बनेपनि पछिल्ला वर्षहरुमा बजेट अभावका कारण पक्की सडक र अन्य पूर्वाधार निर्माण हुन सकेको छैन । हाल गुफामा दैनिक करिब ४० जना मात्रै पर्यटक पुग्ने गरेका छन् ।
त्यस्तै उचित प्रचारप्रसार र सडकको स्तरोन्नति गर्न सके यस क्षेत्रले स्थानीयको आयआर्जन र रोजगारीमा ठूलो टेवा पुर्याउने विश्वास गरिएको छ । यस विषयमा तुलसीपुर उपमहानगरपालिकाको पर्यटन शाखाले भने बजेट अभावका कारण यस वर्ष सडक पक्की गर्ने योजना नरहेको जनाएको छ ।
