अजय मिश्रा/कपिलवस्तु मंगलबार, कार्तिक ०६, २०८१

कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर १२ ठकुरापुरबाट अबैध रूपमा भित्रिदै गरेको करिब तीन हजार चल्ला सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा खटिएको सात जनाको गाडि मोबाइल टोलीले रात्रि २ बजेको समयमा भारतबाट अबैध रूपमा भित्रिदै गरेको बोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो । उक्त चल्लाको अनुमानित मूल्य तीन लाख हुन आउने कृष्णनगका सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिए।

त्यस्तै उक्त कुखुराको चल्लालाई नियन्त्रणमा लिई प्रस्तावित गुल्म कृष्णनगरको कमपाउंड भित्र खाल्डो खनि स्थानीय, जनप्रतिनिधि,पत्रकार,पशु क्वारेन्टाइन प्रतिनिधि,प्रहरी लगायतको रोहबरमा सम्पूर्ण चल्ला नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल कृष्णनगरले सीमामा हुने अबैध गतिविधि नियन्त्रण तथा विभिन्न समयमा अबैध रूपमा भारतबाट नेपाल भित्रिने कपडा,चानी,मैदा, माछा,मोटरपार्टस लगायत विभिन्न सामान आवश्यक कारबाही गरि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको स्थानीयले बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]