लमहीमा सातौँ कृषि,पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव हुने

दाङ । देउखुरी उद्योग बाणिज्य संघ लमहीको आयोजनामा लमहीमा माघ १० गतेदेखि २७ गतेसम्म महोत्सव संचालन हुने भएको छ ।लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कभित्र सातौँ कृषि, पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव २०८१ आयोजना गर्न लागिएको हो । शुक्रबार देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष […]

रुकुमपूर्वमा बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ

रुकुम । रुकुम पूर्वमा बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । भुमे गाउँपालिका वडा नम्बर –७ स्थित लाभाङका २९ वर्षीय सुर्जे रोका मगरलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरमाथि ३२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । त्यस्तै प्रहरीका अनुसार,ती महिलालाई आइतबार बिहान बलात्कार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी […]

एमबीबीएसमा नाम निकाल्दिने भन्दै ३८ लाख बढी स्वकीय सचिव पोखरेलले लिएको खुलासा

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेले ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएको छ । यसअघि सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाममा उमा गौरी कृषि सहकारीको ठगी धन्दामा पक्राउ गर्न जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको थियो । यद्यपि अञ्जलालाई प्रहरीले अझै पक्राउ गरेको छैन । त्यस्तै उक्त […]

गोरखा स्कुल लमहीद्वारा वार्षिकोत्सवको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न

दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले वार्षिकोत्सवको पूर्व सन्ध्याको अवसर पारेर रोटरी क्लव अफ लमहीसंग सहकार्य गरेर रक्तदान कार्यक्रम तथा सरसफाई गरेको छ । बिहिवार ५१ जना शिक्षक, विद्यार्थी तथा कर्मचारीले रक्तदान गरेको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले जानकारी दिए । हरेक वर्ष विद्यालयले वार्षिकोत्सवको मौका पारेर रक्तदान शिविरको आयोजना गर्दै […]

निमोनियाको कारण बालकलाकार सचिन परियारको निधन

काठमाडौँ । बाल गायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो । भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । त्यस्तै हास्य […]

प्रहरीको फरेन्सिक रिपोर्ट : सहकारीमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली

काठमाडौं । सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै फरेन्सिक प्रतिवेदनबाट पुष्टि भएको छ । प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको छ । तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको भनेर प्रहरीको फरेन्सिक […]

राजपुर-२ को वडा कार्यालयद्वारा ५६ जना जेष्ठ,एकल र विपन्न परिवारलाई कम्बल वितरण

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले ५६ जना जेष्ठ नागरिक,एकल महिला तथा विपन्न परिवारलाई बुधबार कम्बल वितरण गरेको छ । चिसो मौसमलाई मध्यनजर गर्दै वडा भित्रका जेष्ठ नागरिक तथा एकल महिला र विपन्न परिवारलाई राहत पुर्‍याउने उद्देश्यले कम्बल वितरण गरिएको वडा अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिए । उनका अनुसार […]

एमालेबाट निष्कासित रावलद्वारा देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडाैँ । नेकपा एमाले पार्टीबाट निष्कासित नेता डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रावलले स्वेच्छाचारी, निरंशुक र तानाशाही निर्णय र कामहरु विरुद्ध तथा राष्ट्र र जनताको हित रक्षा र समृद्धिका लागि मातृभूमि जागरण अभियानका साथ देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा […]

माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन बुधबार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरेको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो अधिवेशनमा बोल्दै प्रमुख अतिथि थारुले माओवादी भ्रष्टाचार […]

आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी सन्’को वर्ष २०२५ सुरु

काठमाडौं । आजदेखि ग्रेगोरियन पात्रोअनुसार अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]