
Jsbr-3
Usbl-7
Pbu
Msbg-2
Gsbg-3
Jsbg-7
Gsbr-6
ksbl-7
Csbg-7
Rksr-7


काठमाडौँ । बाल गायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो ।
अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो । भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।
त्यस्तै हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित रहेका छन् ।उनको निमोनियाको कारण मृत्यु भएकोथियो ।
