सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशकाे मुद्दा संघीय संसदमा पनि उठ्याे

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनीले कर खारेजी सहितकाे माग गर्दै आन्दाेलन गरिरहेकाे बिषय संघिय संसदमा आवाज उठेकाे छ । आज बसेकाे प्रतिनिधिसभाकाे बैठकमा विशेष समय लिएर धारणा राख्दै प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले सामुदायिक वन महासंघले लुम्बिनी सहित देशभर गरिरहेकाे आन्दाेलनका बिषयमा सरकारकाे ध्यानकर्षण गराएका छन् । उनले सामुदायिक वन महासंघ लुम्बिनीले केही दिनदेखि […]

रोल्पामा घुससहित पक्राउ परेका ट्राफिक प्रमुख सई बुढाथोकी दोषी ठहर

रोल्पा । घुस रकम सहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख (प्रहरी नायब निरीक्षक) ललित कुमार बुढाथोकी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालत काठमाडौंले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिना अघि मात्रै उनीबिरुद्ध बिशेष अदालतमा मुद्दा दाएर गरेको थियो । जिल्ला […]

भारतीय हुन्डी कारोबारीले नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बरामद

रौतहट । भारतीय हुन्डी कारोबारीले नेपाल तर्फ ल्याउँदै गरेको करिब २५ लाख नेपाली रुपैयाँ सीमा सुरक्षा बल एसएसबीले मंगलबार बरामद गरेको छ। भारतबाट हुन्डी मार्फत ठुलो परिमाणमा नेपाली रुपैयाँ लैजान लागेको विशेष सूचनाको आधारमा एसएसबी ७१ औँ बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंह नेतृत्वको टोलीले मङ्गलवार साँझ झरौखर नाकामा चेकजाँचको क्रममा हुन्डी कारोबारीसहित उक्त रुपैयाँ […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । मन्त्रिपरिषदको नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवासमा साँझ साढे ६ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बुझिएको छ । त्यस्तै आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी […]

ट्याक्टरको ठक्करबाट पैदलयात्री ७५ वर्षीय केसीको मृत्यु

धनगढी । धनगढीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–३ रानामार्गस्थित सडकमा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय प्रकाश केसीको सोमबार बिहान मृत्यु भएको हो । त्यस्तै ठक्करबाट गम्भीर घाइते भएका केसीको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका […]

कपिलवस्तुको सीमा सुरक्षामा लाखौंका अवैध सामानहरु बरामद,कानूनी कारवाही जारी

कपिलवस्तु । सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरबाट सोमबार कृष्णनगर नगरपालिका वडा नम्बर-२ ब्यारियर स्थित चेकपोस्टमा विशेष सूचनाको आधारमा अवैध सामान बरामद गरि कृष्णनगरदेखी चन्द्रौटा चल्ने यात्रुबाहक बसमा बसको सिटमुनी फल्स बक्स बनाई उक्त बक्स भित्र (साडी,लेडिज सुट,कुर्ता सुर्वाल,लेडिज अण्डर वियर, लेडिज वानपिस,चिसो पिय पदार्थ, ड्राई फ्रुट्स काजु, बदाम,पेस्ता र खजुर) आदी अबैध […]

वन महासंघका अध्यक्ष भण्डारीकाे संयाेजकत्वमा वार्ता समिति गठन,पहिलाे वार्ता बस्दै

दाङ । लुम्बिनी प्रदेश सरकारले लिखित रूपमै पत्र पठाएर वार्ताका लागि अह्वान गरेपछि सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनीले पनि वार्ता समिती गठन गरेकाे छ । वन महासंघ लुम्बिनी प्रदेशकाे साेमबार बेलुका राप्ती उपत्यका देउखुरीमा बसेकाे सचिवालय बैठकले महासंघका प्रदेश अध्यक्ष कल्पना भण्डारीकाे संयाेजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेकाे हाे । जसकाे सदस्यहरूमा प्रदेश उपाध्यक्ष […]

भालुबाङ अस्पतालमा पहिलो पटक शल्यक्रिया मार्फत सुरक्षित प्रसूति सेवा

दाङ । शल्यक्रिया सहितको आमा सुरक्षित कार्यक्रमको स्वीकृति पाए सँगै भालुबाङ अस्पतालमा पहिलो पटक शल्यक्रिया (सिजेरियन सेक्शन) मार्फत सुरक्षित रूपमा शिशुको जन्म भएको छ । अस्पताल अपग्रेड भएपछि गरिएको यो शल्यक्रिया MDGP डा. रण बहादुर बोगटी नेतृत्वको असिस्टेन्ट सर्जन सञ्चिता खड्का, सिनियर स्टाफ नर्स चण्डिका अधिकारी,Senior anesthetic मधु कुमार सुनार टीमले सफलतापूर्वक सम्पन्न गरेको हो। […]

एनप्याब्सन लुम्बिनी प्रदेशको कार्यवाहक अध्यक्षमा काफ्ले

दाङ । संस्थागत विद्यालयको छाता संगठन नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिको कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी डिल्लीराम काफ्लेले प्राप्त गरेका छन् । नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिका अध्यक्ष कुवेर बस्नेतले फाल्गुन १४ गते आधिकारिक पत्र मार्फत प्रदेश समितिको कार्यवाहक अध्यक्ष पदमा रही कार्य गर्न काफ्लेलाई जिम्मेवारी दिइएको पाइएको छ । नवलपरासी जिल्लाबाट प्रतिनिधित्व गरि काफ्ले यस […]

श्रीमतीको हत्या गर्ने श्रीमान सदा पक्राउ

सिन्धुली । दुधौली नगरपालिका वडा नम्बर–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमान सदालाई प्रहरीले पक्राउ गरेको छ । गएराति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान दुधौली नगरपालिका वडा नम्बर–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दिनेशले गएराति घरछेउको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]