
Mbdvs
mbd
Rbs
Gisld
Pbu
Sds

Rgu
Ssm
nsb
Rgs
Ksm
Rgu
Sbs
Sls
Tsm
Wsp
Rsb
Bbbpu
Pvg
Bbu
Vor
Ggd
Asm
Gst
Hal

Mks
Bml
sab
Abd
Ptm
Pls
Syp
bbt
Jmb
Rpp
Jmb
Rmb
Gsb
रुकुम पूर्व । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षण,संवद्र्धन र प्रवद्र्धनबाट स्थानीय अर्थतन्त्र बलियो हुने भएकाले रुकुम पूर्वका सम्पदाको संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताएका छन् ।
सिस्ने गाउँपालिका–६, आला बाहुनडेरा, रुकुमकोटमा निर्माण गरिएको देउवर काजी मन्दिरको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन प्राकृतिक स्रोत–साधनको संरक्षण, संवद्र्धन र प्रवद्र्धन अपरिहार्य रहेको धारणा राखेका हुन् ।‘यहाँका प्राकृतिक सम्पदालाई संरक्षण गरेर, जगेर्ना गरेर र प्रवद्र्धन गरेर आत्मनिर्भर बन्न सक्छौं,’उनले भने,‘यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भूमिका खेल्ने दायित्व हामी सबैको हो ।’
उनले रुकुम पूर्वको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।‘प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । अझै धेरै काम गर्न बाँकी छन् । ती बाँकी कामलाई अगाडि बढाउन प्रदेश सरकारले ध्यान दिनेछ,’मुख्यमन्त्री आचार्यले भने,‘प्राकृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि सबैले ध्यान दिन आवश्यक छ ।’
त्यस्तै पर्यटकलाई रुकुम पूर्व भ्रमण गराउने उद्देश्यले सरकारले योजनाबद्ध रूपमा काम गर्ने पनि उनले बताए । ‘यहाँ पर्यटक भित्र्याउन हामी सबैले सक्रिय हुनुपर्छ,’उनले भने,‘हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने गरी सरकारले पहल गर्नेछ ।’
