Sidha Patra बुधबार, फाल्गुण २१, २०८१

रोल्पा । घुस रकम सहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख (प्रहरी नायब निरीक्षक) ललित कुमार बुढाथोकी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

मंगलबार विशेष अदालत काठमाडौंले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिना अघि मात्रै उनीबिरुद्ध बिशेष अदालतमा मुद्दा दाएर गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पामा कार्यालय प्रमुखको रुपमा रहदा उनी २५ हजार घुससहित पक्राउ परेका थिए । उनलाई तीन महिना कैद तथा २५ हजार रुपैयाँ जरिवाना र १ हजार रुपैयाँ क्षतिपूर्ति शूल्कवापत पीडित राहत कोषमा भराउने फैसला भएको छ ।

त्यस्तै सो मुद्दामा विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजालसले फैसला गरेको थियो । विशेष अदालतका अनुसार अदालतमा पेश भएको अडियो,भिडियो संवाद तथा उजुरीमा उल्लिखित र बरामद नोटका नम्बर भिडियोको आधारमा उनी दोषी ठहर भएका हुन् । उनले सवारी साधनलाई आवत जावतमा सहजीकरण गरिदिए वापत घूस मागिरहेको सूचना‌मा खटिएको अख्तियारको टोलीले बुढाथोकीको सिरानी मुनिबाट २५ हजार घूस रकम बरामद गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]