
Csbg-7
jsbr-3
Gsbg-3
Rksr-7
Gsbr-6
Pbu
Jsbg-7
ksbl-7
Msbg-2
Usbl-7
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने रकम श्रमिक वर्गको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्ने भएका छन् । अध्यक्ष विष्टले आफ्नो सेवा सुविधाबाट गाउँपालिकाभित्रका श्रमिकहरूको निःशुल्क मेडिकल र दुर्घटना बीमा गरिदिने बताका हुन् । गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने श्रमिकहरूको स्वास्थ्य सुनिश्चित गर्न बीमा योजना ल्याइएको अध्यक्ष विष्टले बताए […]
काठमाडौँ । आज अछाममा भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । त्यस्तै यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ केन्द्रबिन्दु […]
काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रमुख (आईजीपी)मा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो । सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको […]
काठमाडौँ । घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले नुवाकोटका एक जना मानिसलाई पक्राउ गरेको छ । त्यस्तै प्रहरीले सो आरोपमा नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई पक्राउ गरेको हो । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै […]
काठमाडौं । सेवानिवृत्त भएर जान लागेका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतलाई एक कार्यक्रमका बीच उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले बिदाई गरेका छन् । २०५१ चैत ५ गते सेवा प्रवेश गरी प्रहरी नियमावली २०७१ बमोजिम ३० वर्षिय सेवा हदको कारण मिति चैत ५ गते अनिवार्य अवकाश भई जान लागेका प्रहरी […]
धनगढी । कैलालीको गेटा मेडिकल कलेज नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालक सुवेदीको मृत्यु भएको छ । धनगढी–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत गेटा मेडिकल कलेज अगाडि सुदूरपश्चिम प्रदेश ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर–४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता प्रहरी नायब […]
काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका वडा नम्बर–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ः०० बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ । आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका– […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा लागुऔषध एक किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । नेपालगन्ज लागुऔषध ओसारपसार तथा सेवनको ट्रान्जिट प्वाइन्ट बन्न थालेपछि बाँके प्रहरीले यसलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए । त्यस्तै उनले लागुऔषध नियन्त्रणका लागि मुख्य नाका जमुनाह र […]
काठमाडौं । आज पनि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलका साथै पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत […]
दाङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले जातको नाम बेचेर नेता बन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । आइतबार नेपाली काङ्ग्रेस गढवा गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य चौधरीले जात र पहिचानको नाममा राजनीतिमा उन्माद सिर्जना गरेर व्यक्तिगत फाइदा लिने र समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट टाढा […]