इच्छुक क्रान्तिकारी नेताका रुपमा पनि स्मरणीय हुनुहुन्छ-सभामुख घर्ती

दाङ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शहीद कृष्णसेन इच्छुकलाई केवल माक्र्सवादी साहित्यकार, पत्रकार र संस्कृतिकर्मीका रूपमा मात्र नभएर एक क्रान्तिकारी नेताका रुपमा पनि स्मरण गर्नुपर्ने बताएका छन् । राप्ती प्रेस मञ्चको आयोजनामा राप्ती गाउँपालिका –१,भालुवाङ पुलचोकस्थित इच्छुक चाेकमा आयोजित २३औँ स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सभामुख घर्तीले यस्तो बताएका हुन् […]

राप्तीमा ए.आई सम्बन्धी तालिम सुरु,मञ्चले इच्छुक दिवस र गणतन्त्र दिवस मनाउने

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरु कृत्रिम बुद्धिमत्ता अर्थात ए.आई प्रविधि सम्बन्धी सीप सिक्न सुरु गरेका छन् । राप्ती प्रेस मञ्चको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा मसुरीयामा सोमबार देखि सुरु भएको तालिममा दुई दिने तालिममा २० जना पत्रकारले ताालिम लिइरहेका छन् । राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष […]

आज प्रतिनिधिसभा बैठक बस्दै,चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभा बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । त्यस्तै प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा […]

राप्तीमा नीति तथा कार्यक्रमको तयारी:शाखा प्रमुखहरुसँग सुझावमूलक छलफल

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम निर्माण प्रक्रिया अघि बढाउँदै आइतबार शाखा प्रमुखहरुसँग सुझावमूलक छलफल कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रम नीति निर्माण प्रक्रियाको आधारशिला हुने गरी आयोजना गरिएको हो । कार्यक्रममा सहभागी शाखा प्रमुखहरुले आ–आफ्ना क्षेत्रका […]

बागमती प्रदेशस्तरीय मेयर कप कराँतेको उपाधि सूर्यविनायकलाई

भक्तपुर । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ को उपाधि सूर्यविनायक नगरपालिकाले जितेको छ। पाँच स्वर्ण र एक रजत पदकसहित सूर्यविनायक उपाधि विजेता बनेको हो । गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण,एक रजत र तीन कांस्यसहित दोस्रो स्थान हासिल गर्‍यो भने काठमाडौं महानगरपालिकाले दुई स्वर्ण,एक रजत र […]

जाजरकोटमा वर्षापछि पहिरोले घरहरु क्षति,दर्जनौं घर जोखिममा

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका -१,खारा र वडा नम्बर-४ जेवातरामा वर्षापछिको पहिरोले चार घर,पाँच अस्थायी आवास र दुई मोटरसाइकलमा क्षति पुगेको छ। साथै १४ घर र एक अस्थायी आवास उच्च जोखिममा रहेका छन् । यस्तै ढाँडापाखाबाट खसेको पहिरोले खारा बजारस्थित सब-डिभिजन वन कार्यालयको भवनमा पनि क्षति पुर्‍याएको छ । गत वर्षको भूकम्पले चिरा परेका संरचनाहरू […]

इलाम माङसेबुङमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

विराटनगर । जङ्गली च्याउ खाँदा बिरामी भएका इलाम माङ्सेबुङ ५ का दुई जनाको आइतबार मृत्यु भएको छ। त्यस्तै मृत्यु हुनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको इलाम प्रहरीले जनाएको छ। सोही ठाउँका धनराज साङ्बाङ भने गम्भीर घाइते बनेका छन्। यस्तै उनीहरुले जङलबाट संकलन गरेर ल्याएको च्याउ सेवन गरेपछि […]

आजदेखि गण्डकी प्रदेशको बजेट अधिवेशन सुरु हुँदै

कास्की । गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज २ बजेका लागि पहिलो बैठक आह्वान गरेका छन् । त्यस्तै संसद सचिवालयका अनुसार पहिलो दिनको बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्नेछन् । यही अधिवेशनमा सरकारले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ । यस्तै सोमबार बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत […]

लुम्बिनी प्रदेश सभाबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । छैठौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष २०८२\०८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नु भएको थियो । त्यसपछि सभामुख तुलाराम घर्तीमगरले […]

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द हुने

काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः ३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]