
Lnp
lnp
Jns
Pbu
Rgp
Lks
Usb
Dus
Ggp
Sgp
Ggp
Dbs
Asb
ksb
Rgp
Rgp
Rgp


जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका -१,खारा र वडा नम्बर-४ जेवातरामा वर्षापछिको पहिरोले चार घर,पाँच अस्थायी आवास र दुई मोटरसाइकलमा क्षति पुगेको छ। साथै १४ घर र एक अस्थायी आवास उच्च जोखिममा रहेका छन् ।
यस्तै ढाँडापाखाबाट खसेको पहिरोले खारा बजारस्थित सब-डिभिजन वन कार्यालयको भवनमा पनि क्षति पुर्याएको छ । गत वर्षको भूकम्पले चिरा परेका संरचनाहरू थप जोखिममा परेका छन् ।
त्यस्तै नगरपालिकाका उपमेयर चन्द्रबहादुर थापाले मनसुनपूर्वै उत्पन्न संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दीर्घकालीन समाधानका लागि सरोकारवालालाई पहल गर्न आग्रह गरेका छन् ।
