
Lks
Rgp
Pbu
ksb
Asb
Sgp
Usb
Dbs
Dus
Lnp
Rgp
lnp
Ggp
Ggp
Rgp
Jns
Rgp


दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम निर्माण प्रक्रिया अघि बढाउँदै आइतबार शाखा प्रमुखहरुसँग सुझावमूलक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रम नीति निर्माण प्रक्रियाको आधारशिला हुने गरी आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी शाखा प्रमुखहरुले आ–आफ्ना क्षेत्रका प्राथमिकता,चुनौती र सुधारका सम्भावनाहरु प्रस्तुत गर्दै नीति तथा कार्यक्रमलाई यथार्थपरक,प्रभावकारी र जनउत्तरदायी बनाउन सुझाव दिएका थिए । प्रशासकीय अधिकृत पाठकले छलफललाई नीति निर्माणको महत्वपूर्ण चरणको रुपमा उल्लेख गर्दै सबै शाखाहरुको समन्वय र सहभागितामार्फत समावेशी नीति निर्माण गरिने बताए । “शाखा प्रमुखहरुको अनुभव र सुझावले गाउँपालिकाको भावी योजना अझ सुदृढ र प्रभावकारी बन्नेछ,” उनले भने ।
त्यस्तै छलफलमा शिक्षा,स्वास्थ्य,कृषि,पशु ,पूर्वाधार, श्रम तथा राेजगार,सामाजिक विकास, वातावरण,खानेपानी तथा सरसफाइ,महिला तथा जेष्ठ नागरिकजस्ता क्षेत्रमा विशेष छलफल गरिएको थियो । छलफलबाट संकलित सुझावहरुलाई आधार बनाई नीति तथा कार्यक्रमको प्रारम्भिक मसौदा तयार पारिने र आगामी गाउँसभा बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।
यसअघि गाउँपालिकाले विभिन्न क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँग समेत परामर्श गरी सुझाव संकलन गरिसकेको छ । पालिकाले अन्य सरोकारवाला पक्ष तथा नागरिकहरुबाट पनि चरणबद्ध रुपमा सुझाव संकलनको प्रक्रिया अघि बढाउने जनाएको छ । राप्ती गाउँपालिकाले यसपटकको नीति तथा कार्यक्रमलाई अझ सहभागी,उत्तरदायी र आवश्यकतामा आधारित बनाउने प्रतिबद्धता जनाएको छ ।
