
Ksbus
Ksbus
Gsl
bpmhl
Gis
Gis
Ssbus
Ksbus
Nssbush
Rsbus
Ssbus
Gms
Gsbus
Pbu
ebg
Lsbus
Gss
Gis
Lsbus
Ssbus
बागमती प्रदेशस्तरीय मेयर कप कराँतेको उपाधि सूर्यविनायकलाई

Asm
Rgu
Ssm
Gst
nsb
Sbs
Bbbpu
Ksm
Rsb
Wsp
Bbu
Sls
Rgu
Ggd
Tsm
Hal
Vor
Rgs
Pvg

Pls
Jmb
Abd
bbt
Rpp
sab
Ptm
Syp
Mks
Rmb
Jmb
Bml
Gsb
भक्तपुर । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ को उपाधि सूर्यविनायक नगरपालिकाले जितेको छ।
पाँच स्वर्ण र एक रजत पदकसहित सूर्यविनायक उपाधि विजेता बनेको हो । गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण,एक रजत र तीन कांस्यसहित दोस्रो स्थान हासिल गर्यो भने काठमाडौं महानगरपालिकाले दुई स्वर्ण,एक रजत र पाँच कांस्य पदकसहित तेस्रो स्थानमा चित्त बुझायो ।
प्रतियोगितामा पुरुष तर्फ गोदावरी नगरपालिकाका राज व्लोन र महिला तर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी घोषित भए। कराँते प्रशिक्षक सचितानन्द बनेपालीका अनुसार प्रतियोगितामा १२० पुरुष र ९० महिला गरी २१० खेलाडी सहभागी थिए।
प्रतियोगिता सूर्यविनायक नगर सितोरियो कराँते संघको आयोजनामा र सूर्यविनायक नगरपालिकाको विशेष सहयोगमा जेठ ९ र १० गते सम्पन्न भएको हो। उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुभएको थियो भने समापन कार्यक्रम नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। मेयर थापाले खेल क्षेत्रको विकास नगर समृद्धिको आधार भएको उल्लेख गर्दै विश्व विजय खेलाडीमार्फत सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
प्रमुख अतिथिका रूपमा वडा नम्बर २ का अध्यक्ष प्रदीप कार्की र वडा नम्बर ९ का अध्यक्ष भगवान खत्री सहभागी थिए। प्रतियोगितामा मध्यपुरथिमी, चाँगुनारायण, बनेपा, पाँचखाल, काठमाडौं, बुढानीलकण्ठ, गोदावरी, गोकर्णेश्वर, बागमती गाउँपालिका, टोखा, साँगाचोकगढी, पनौती र धुलिखेलका खेलाडीको सहभागिता रहेको थियो।
प्रतियोगिता विभिन्न तौल समूह तथा व्यक्तिगत/टिम काता स्पर्धामा सम्पन्न भएको हो। सम्पूर्ण खेलहरू वर्ल्ड कराँते फेडेरेसन (WKF), एसियन कराँते फेडेरेसन (AKF) र नेपाल कराँते फेडेरेसन (NKF) का मापदण्डअनुसार सञ्चालन गरिएको थियो । कराँतेको विकासमा योगदान दिने प्रशिक्षक, व्यवस्थापक र संघ प्रतिनिधिलाई विशेष सम्मानसमेत गरिएको थियो।
प्रतियोगिता चिफ रेफ्री प्रकाशमोहन धौवडेल रहनुभएको थियो। आयोजक र खेलाडीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई कराँते विकासको प्रभावकारी थालनीका रूपमा स्थापित गराएको सहभागीहरूको भनाइ छ।
