
Pbu
lnp
Dbs
Jns
Lks
Lnp
ksb
Rgp
Asb
Rgp
Rgp
Sgp
Dus
Rgp
Ggp
Ggp
Usb


दाङ । गौ संरक्षण तथा छाडा पशु व्यवस्थापनका लागि लमही नगरपालिका वडा नम्बर –६, खैरीमा भदौ १४ देखि २१ गतेसम्म श्रीमद भागवत ज्ञान महायज्ञ तथा श्रींगारिक महा आरती आयोजना गरिने भएको छ।
वडा अध्यक्ष श्याम नारायण चौधरीको अध्यक्षतामा बसेको वडा बैठकले उक्त निर्णय गरेको हो। वडा नम्बर ६ मा अस्थायी गौशाला निर्माण गरी छाडा पशु नियन्त्रणको प्रयास भइरहेको जनाउँदै, गौशालामा रहेका गाईहरुका लागि घाँस,पराल व्यवस्थापन तथा संचालन खर्च जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको चौधरीले जानकारी दिए।
महायज्ञ सफल बनाउन विभिन्न उप-समितिहरु गठन गरिएको छ । खुशीराम चौधरीको संयोजकत्वमा १३ सदस्यीय मूल समिति तथा वडा अध्यक्ष चौधरीसहित १५ सदस्यीय सल्लाहकार समिति बनाइएको छ।
त्यस्तै प्रिया स्मृति गजमेरको संयोजकत्वमा प्रचारप्रसारका लागि ५ सदस्यीय समिति गठन गरिएको छ, जसमा लिला शाह, राधेश्याम गुप्ता, दशरथ घिमिरे, अनुप बुढा र डिलाराम पुलामी सदस्य छन्।
महायज्ञको अवसरमा शोभायात्रा समेत आयोजना गरिनेछ, जसका लागि कान्तु प्रसाद चौधरीको संयोजकत्वमा ९ सदस्यीय शोभायात्रा उप-समिति गठन गरिएको छ।
