Sidha Patra शनिबार, भाद्र ०७, २०८२

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक संस्कृतिको संरक्षण,विकास र प्रवर्द्धनमार्फतै समाजलाई समृद्धिको यात्रामा अघि बढाउन सकिने बताएका छन् ।

बुवाको मुख हेर्ने दिन तथा कुशे औंसी पर्वको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले पारिवारिक सम्बन्ध, कर्तव्यबोध र संस्कारलाई मजबुत बनाउन विशेष योगदान दिने उल्लेख गरे । उनले यस्ता पर्वहरूले पुस्ता-पुस्ताबीच आत्मीयता बढाउने मात्र नभई सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने महत्वपूर्ण अवसर उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

त्यस्तै आज देशभर बुवाप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने परम्परागत पर्व बुवाको मुख हेर्ने दिन तथा पितृ तर्पणको दिवस कुशे औंसी श्रद्धा र उल्लासका साथ मनाइँदैछ । यस दिनमा बुबालाई मिठा खानेकुरा, कपडा तथा उपहार अर्पण गर्ने र पितृहरूको सम्झनामा तर्पण गर्ने परम्परा रहँदै आएको छ । यस प्रकारका मौलिक संस्कारहरूको संरक्षण र प्रवर्द्धनले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन सक्ने विश्वास ब्यक्त गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]