
Pbu
Jsbg-7
Jsbr-3
Gsbr-6
Msbg-2
Rksr-7
Gsbg-3
Csbg-7
ksbl-7
Usbl-7
दाङ । घोराहीमा एक वडाध्यक्ष र इन्जिनियर सहित नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भरतमणि अर्याल र उपमहानगरपालिकाकै कार्यरत इन्जिनियर प्रवीण रावत सहित नौ जना गए राति काठेकोलस्थित एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार उनीहरुको साथबाट […]
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ घर घरमा धन,ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ । धार्मिक विश्वासअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्, त्यसैले आज बिहानै उठेर घर, आँगन, झ्यालढोका र सम्पूर्ण घरपरिवार सफा गरी फूलमालाले […]
दाङ । घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्ला मालपोत कार्यालयलाई दुई वटा फाइल दराज हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको मालपोत कार्यालय दाङलाई सेवा प्रवाहमा सहजताका लागि २ वटा दराज प्रदान गरेको सस्थाका ब्यवस्थापक प्रकाश अधिकारीले जानकारी दिए । कलश सहकारीका अध्यक्ष माधव खनालको नेतृत्वमा गएको सहकारीको […]
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शनिबारदेखि नै यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म […]
दाङ । देउखुरीको लमही नगरपालिकाले लमही बजारमा संचालित मासु पसलहरुको अनुगमन गरेको छ । उपभोक्ताले गुनासो गरेपछि लमही नगरपालिका, देउखुरी उद्योग वाणिज्य संघ, वडा प्रहरी कार्यालय लमही लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।अनुगमनका क्रममा पूर्वपश्चिम राजमार्ग रोडमा रहेको अब्दुल रहमान बफ फ्रेस हाउसबाट लामो समयसम्म फ्रीजमा राखेर खान नमिल्ने अवस्थामा रहेको राँगाको साढे तीन किलो […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र,स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की सहित मन्त्रीहरु समेतको सहभागितामा भएको छलफलमा चार वटै सुरक्षा निकायका प्रमुखलाई पौडेलले यस्तो निर्देशन दिएका हुन् […]
दाङ । तिहार नजिकिएसँगै दाङ देउखुरीको गढवा गाउँपालिकामा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिइएको छ । चाडपर्वको बेला अखाद्य तथा म्याद गुज्रिएका वस्तुहरूको बिक्री वितरण बढ्ने र उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बजार अनुगमनलाई कडाइ गरिएको हो । अनुगमनसँगै बजार क्षेत्रका सडकपेटीमा फलफूल,तरकारी तथा अन्य सामान राखी बिक्री वितरण गर्ने व्यवसायीलाई […]
काठमाडौँ । जेनजी विद्रोहपछि नेपाल सेनाभित्र दुई वटा धार देखिएको भन्ने प्रचारबारे सेनाले जवाफ दिएको छ । शुक्रबार जङ्गी अड्डामा पत्रकारहरूसँग कुरा गर्दै सेनाको युद्धकार्य विभाग प्रमुख उपरथी अजुप जंग थापाले सेना एकढिक्का रहेको बताए । जेनजी विद्रोहपछि अन्तरिम सरकार बन्नुअघिको अवस्थामा माओवादीबाट समायोजन भएर आएका सेनाले गणतन्त्रको विरुद्धमा गए विद्रोह गर्ने चेतावनी दिएको भन्ने […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार कूल १४ हजार ९ सय १० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । २ […]
दाङ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले भारतका पुर्ब साँसद (राज्य सभा) तथा व्यापार मण्डल उत्तर प्रदेश भारतका अध्यक्ष बनवारीलाल कंछललाई बुधबार लमहीमा भव्य स्वागत सम्मान गरेको छ ।संघले दुई देशबीचको आपसी व्यापारिक,सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको जनाएको छ । देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता […]